फेसबुकका संस्थापक मार्क जुकरबर्गको कीर्तिमान भंग गर्दै २१ वर्षकी केली जेनर फोब्र्स म्यागाजिनको सबैभन्दा कान्छी अर्बपछि बनेकी छन् ।
फोर्ब्सले उनको कस्मेटिक व्यवसायको मूल्य करिब ९०० मिलियन अमेरिकी डलर अनुमान गरेको छ, यसको सम्पूर्ण स्वामित्व केलीकै नाममा रहेको छ ।
फेसबुकका जुकरबर्ग कान्छा अर्बपतिको कीर्तिमान बनाउँदा २३ वर्षका थिए । केलीको परिवार सबै धनी र चर्चित छन् । उनकी आमा क्रिस जेनरले उनको व्यापार वृद्धिमा सहयोग गरेकी छन् ।
