काठमाडौं । राष्ट्रियसभा नेपाली काँग्रेस संसदीय दलको सचेतकमा सांसद अनिता देवकोटा मनोनयन भएकी छिन् । काँग्रेस सभापति एवं पार्टीको संसदीय दलका नेता शेरबहादुर देउवाले आज उनलाई मनोनयन गर्नुभएको काँग्रेस संसदीय दलको कार्यालयले जनाएको छ ।

राष्ट्रियसभा काँग्रेस संसदीय दलको सचेतकमा देवकोटा
सभापति देउवाले पार्टीको संसदीय दलको विधान (संशोधन तथा परिमार्जनसहित, २०७४) को दफा १३ को उपदफा (२) बमोजिम उनलाई राष्ट्रियसभा संसदीय दलको सचेतकमा मनोनयन गरेका हुन् । यसअघि राष्ट्रियसभामा काँग्रेस संसदीय दलको सचेतक रहनुभएका सांसद सरिता प्रसाईको गत फागुुन १९ गते राष्ट्रियसभामा दुई वर्षे कार्यकाल समाप्त भएपछि उक्त पद रिक्त थियो ।
एक पटक पढ्नुहोस