After header

भारतस्थित मामाघरबाट आएका थिए पर्साका १५ महिने संक्रमित बालक

भारतबाट आएको थाहा पाएपछि त्यसको भोलिपल्ट वैशाख १८ गतेको दिन गाउँपालिकाले आमा–छोरालाई नै वीरगञ्जस्थित नारायणी अस्पतालमा कोरोना परीक्षण गराउन पठाएको थियो ।

गाउँपालिकाका अध्यक्ष नथुनीप्रसादले अनलाइनखबरसँग भने, ‘आइतबार आमा–छोरो दुवैको नारायणी अस्पतालमा स्वाब संकलन गरिएको थियो । बुधबार राति छोराको रिपोर्ट पोजेटिभ र आमाको रिपोर्ट नेगेटिभ आएको थाहा भयो ।’

बालकमा कोरोना पुष्टि भएपछि उनीसँगै उनको ६ जना परिवारलाई वीरगञ्ज पठाइएको अध्यक्ष नथुनीप्रसादले बताए । संक्रमित बालकको परिवारमा आमा–बुबासहित ६ जना सदस्य छन् । सबै जनाको स्वाब संकलनको लागि वीरगञ्ज पठाइएको अध्यक्ष नथुनीप्रसादले बताए ।

संक्रमित तीनै जना वीरगञ्जकै बासिन्दा भएको बताइए पनि खोजतलास गर्ने क्रममा एक जनालाई फेला पार्न सकिएको थिएन । तर बीरगञ्जको मुर्लीमा कोही पनि संक्रमित नरहेको पाइएपछि खोजी गर्दा कालिकामाई गाउँपालिका–१ मुड्लीका १५ महिने बालक संक्रमित रहेको पाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

संक्रमित बालकलाई वीरगञ्जको सिद्धार्थ माविको आइसोलेसन कक्षमा ल्याएर भर्ना गरिएको बस्नेतले बताए । आमा–छोरा दुवैको स्वाब परीक्षण गरिए पनि आमाको रिपोर्ट भने नेगेटिभ आएको बस्नेतले बताए ।

बस्नेतका अनुसार अहिले विद्यालयमा निर्माण गरिएको आइसोलेसन कक्षमा १७ जना कोरोना संक्रमित रहेका छन् । नारायणी अस्पतालमा भने ७० जना संक्रमित आइसोलेसनमा रहेको उनले बताए ।

पर्सामा बुधबार राति पुष्टि भएका कोरोना संक्रमितमा १५ महिने बालकसहित ३६ वर्षीया नर्स र अर्का एक जना ७४ वर्षीय पुरुष छन् ।

१ जेठ, काठमाडौं । पर्सामा बुधबार राति पुष्टि भएका तीन जना कोरोना संक्रमितमध्ये एक जना १५ वर्षीय बालक रहेको पाइएको छ ।

उनी भारतको पश्चिम चम्पारणको सुगौलीस्थित मामाघरबाट वैशाख १७ गते आमासँगै कालिकामाई गाउँपालिका १ स्थित मुड्लीमा आफ्नो घर आएका थिए ।

बालकमा कोरोना पुष्टि भएपछि उनीसँगै उनको ६ जना परिवारलाई वीरगञ्ज पठाइएको अध्यक्ष नथुनीप्रसादले बताए । संक्रमित बालकको परिवारमा आमा–बुबासहित ६ जना सदस्य छन् । सबै जनाको स्वाब संकलनको लागि वीरगञ्ज पठाइएको अध्यक्ष नथुनीप्रसादले बताए ।

संक्रमित तीनै जना वीरगञ्जकै बासिन्दा भएको बताइए पनि खोजतलास गर्ने क्रममा एक जनालाई फेला पार्न सकिएको थिएन । तर बीरगञ्जको मुर्लीमा कोही पनि संक्रमित नरहेको पाइएपछि खोजी गर्दा कालिकामाई गाउँपालिका–१ मुड्लीका १५ महिने बालक संक्रमित रहेको पाइएको पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतले अनलाइनखबरलाई जानकारी दिए ।

संक्रमित बालकलाई वीरगञ्जको सिद्धार्थ माविको आइसोलेसन कक्षमा ल्याएर भर्ना गरिएको बस्नेतले बताए । आमा–छोरा दुवैको स्वाब परीक्षण गरिए पनि आमाको रिपोर्ट भने नेगेटिभ आएको बस्नेतले बताए ।

बस्नेतका अनुसार अहिले विद्यालयमा निर्माण गरिएको आइसोलेसन कक्षमा १७ जना कोरोना संक्रमित रहेका छन् । नारायणी अस्पतालमा भने ७० जना संक्रमित आइसोलेसनमा रहेको उनले बताए ।

पर्सामा बुधबार राति पुष्टि भएका कोरोना संक्रमितमा १५ महिने बालकसहित ३६ वर्षीया नर्स र अर्का एक जना ७४ वर्षीय पुरुष छन् ।

एक पटक पढ्नुहोस