After header

सेनाको ध्यानाकर्षण समाचारतिर

काठमाडौं । नेपाली सेनाले एक राष्ट्रिय दैनिका प्रकाशित समाचारलाई लिएर गम्भीर ध्यानकर्षण भएको जनाएको छ । सोमबार एक विज्ञप्ति जारी गर्दै सेनाले अतिक्रमित क्षेत्रमा सशस्त्र प्रहरी पठाएर राजधानीको सडकमा सेनाः श्रीमतीलाई अस्पताल राखेर ब्लड बैंक हिँडेका वृद्धलाई नांगै बनाइयो’ भन्ने शीर्षकमा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।विज्ञप्तिमा सेनाले मुलुकमा आइपर्ने विपत्तिमा आम जनताको रक्षा गर्दै हिँडेको र कोभिड १९ विरुद्धको लडाइँमा पनि सेना अग्रपंक्तिमा रहेर काम गरिरहेको कुरालाई बेवास्ता गरेर संगठनको वदनाम गराउने गरी पूर्वाग्राही ढंगले प्रकाशित गरिएको समाचारप्रति खेद प्रकट गरेको छ । सेनाले सरकारले अनाधिकृत रुपमा सैनिक पोसाकको विक्रि वितरण तथा प्रयोग नगर्न आह्वान गरेको भन्दै सोहीअनुरुप सैनिक प्रहरीले जेठ ४ गते उपत्यकाका विभिन्न स्थानमा चेकजाँज गरेको दाबी गरेको छ । सेनाले सो क्रममा सैनिक पोसाकमा रहेर हिँडिरहेका व्यक्तिहरुलाई मात्र सैनिक प्रहरीले चेकजाँच गरेको दाबी गरेको छ ।आगामी दिनमा यसप्रकारका संवेदनशील विषयहरुमा सत्यतथ्य एकिन गरेर मात्र समाचार सम्प्रेषण गर्न सेनाले आग्रह गरेको छ ।

एक पटक पढ्नुहोस