अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफू कोरोनाभाइरसको संक्रमणबाट बच्नका लागि हाइड्रोक्सिक्लोरोक्विनको सेवन गरिरहेको जानकारी दिएका छन् ।
सोमबार ट्रम्पलाई मिडियाले उक्त औषधीको असरबारे प्रश्न सोधेका थिए । यसबारे ट्रम्पले भने, ‘म करिब डेढ हप्तादेखि यसको सेवन गरिरहेको छु र म यहाँ तपाईंहरु सामू उभिएको छु । मेरो तर्फबाट यही प्रमाण हो । यसबारे निकै सकारात्मक प्रतिक्रिया आइरहेको छ ।’
