मुम्बईबाट आएका मोरङका युवकमा देखियो कोरोना

सोमबार थप एकजनामा कोरोना संक्रमण देखिएको छ।

मोरङको रतुवामाई नगरपालिका-१, सोनापुरका युवकमा कोरोना देखिएको हो।

२५ वर्षीय युवकमा कोरोना पुष्टि भएको नगरपालिकाका मेयर रविन राईले सेतोपाटीलाई जानकारी दिए।

संक्रमित युवक गत शुक्रबार राति भारतको मुम्बईबाट नेपाल आएका थिए। त्यसपछि उनी एकरात घर बसेका थिए। त्यसपछि भोलिपल्ट बिहान उनलाई काकाले मोटरसाइकलमा राखेर नगरपालिकाको हेल्थ डेस्कमा पुर्‍याए। लगत्तै गरिएको आरडिटी परीक्षणमा पोजेटिभ देखिएपछि स्वाब परीक्षणको लागि विराटनगर पठाइएको थियो।

मेयर राईले भने,‘त्यहाँ पनि पोजेटिभ आयो भनेर खबर आयो। युवकलाई अस्पताल लाने तयारी हुँदैछ।’

योसँगै संक्रमितको संख्या ३ सय ५ पुगेको छ। जसमा २ जनाको मृत्यु भएको छ भने ३६ जना निको भएर घर फर्किसकेका छन्।

एक पटक पढ्नुहोस