काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद रंगमती शाहीले शक्तिशाली सरकार देशको भूमि अतिक्रमण हुँदा पनि भारतसँग कुरा गर्न डराएको बताएकी छिन् । नीति तथा कार्यक्रममाथिको छलफलमा शाहीले जंगबहादुर पछिको शक्तिशाली प्रधानमन्त्री सीमा अतिक्रणका विषयमा भारतसँग कुरा डराउनुभएको आरोप लगाइन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘भारतको छोटे भैया’ को संज्ञा दिँदै उनले सीमा अतिक्रमणको विषयमा भारतसँग कुरा गर्न डराउनुभएको बताइन् ।
मान्छे मरेपछि कोरोना परीक्षण भइरहेको उल्लेख गर्दै उनले प्रधानमन्त्री ओलीलाई देशलाई आइसोलेसनमा कहिलेसम्म राख्नुहुन्छ भनेर प्रश्न समेत गरिन् ।
