After header

मूल्य वृद्धि उकालो, महँगी बढ्योः राष्ट्र बैंक

कात्तिकमा वस्तु र सेवा दुवै समूहको मूल्य वृद्धि भएको छ। राष्ट्र बैंकले चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चौमासको तथ्यांक सार्वजनिक गर्दै कात्तिक महिनामा मूल्य वृद्धि उकालो लागेको जनाएको हो।

असोजमा तीन दशमलव एक प्रतिशत रहेको मूल्य वृद्धि कात्तिकमा आइपुग्दा तीन दशमलव नौ प्रतिशत पुगेको छ। गत वर्षको सोही अवधिमा यस्तो मूल्यवृद्धि चार दशमलव आठ प्रतिशत थियो।

२०७२ को कात्तिकमा भूकम्प र नाका बन्दीको कारण मूल्य वृद्धि १०.४ प्रतिशत पुगेको थियो। दुई वर्ष अघिको मूल्यका आधारमा यस वर्ष वस्तु तथा सेवाको मूल्य घटे पनि यस वर्षको पहिलो चार महिनामा भएको मूल्य वृद्धिमध्ये कात्तिक महिनामा सबैभन्दा बढी हो।, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।

एक पटक पढ्नुहोस