जनकपुर । सर्लाहीमा प्रहरी सहायक निरीक्षक घुस लिँदै गर्दा पक्राउ परेका छन् । प्रहरी सहायक निरीक्षक राम विश्वासराय यादव ५ हजार घुसस
मंगलबार इश्वरपुर नगरपालिकास्थित प्रहरी चौकी गौरीशंकरमा कार्यरत यादव ५ हजार घुससहित रंगेहात कार्यालयबाट पक्राउ परेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बर्दिबासले जनाएको छ ।
इश्वरपुर नगरपालिका– १०, श्रीनगर, महारानी बजारस्थित आफ्नै कार्यालय परिसरबाट रंगेहात पक्राउ परेको यादवमाथि थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
यादवले भारतीय नम्बरको मोटरसाइकल नियन्त्रणमा लिई छुटाइदिने प्रयोजनको लागि सेवाग्राहीसँग घुस माग गरिरहेको सूचना र उजुरीको आधारमा यादव आयोगबाट खटेको टोलीको फन्दामा परेका हुन् ।
हित रंगेहात पक्राउ परेका हुन् ।
