केराबारी गाउँपालिका अध्यक्ष कार्कीमाथि खुकुरी प्रहार गर्नेलाई कारबाही गर्न काँग्रेसको माग

काठमाडौं । मोरङको केराबारी गाउँपालिकाका अध्यक्ष रोहितबहादुर कार्कीमाथि स्थानीय किशोरसिंह ठकुरीले खुकुरी प्रहार गरेका छन् ।

कार्की नेपाली काँग्रेसको तर्फबाट गाउँपालिका अध्यक्ष निर्वाचित भएका थिए । ठकुरीको खुकुरी प्रहारबाट अध्यक्ष कार्की गम्भीर घाइते भएको काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले जनाकारी दिए  । उक्त घटनाप्रति काँग्रेस घोर भत्र्सना गर्दै खेद प्रकट पनि गरेको छ ।

पौडेलका अनुसार घाइते कार्कीको गर्धन र हातमा चोट लागेको छ । नोबेल अस्पताल विराटनगरमा कार्कीको उपचार भइरहेको छ ।

खुकुरी प्रहार गर्ने किशोरसिंह ठकुरीलाई गिरफ्तार गरी कडा कानुनी कारबाही गर्न काँग्रेस जोडदार माग गरेका मुख्यसचिव पौडेलद्वारा विज्ञप्तिमा उल्लेख छ ।

काँग्रेसले गम्भीर घाइते भएका गाउँपालिका अध्यक्ष कार्कीको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

एक पटक पढ्नुहोस