After header

बुटवल–तानसेन सडकखण्ड पहिरोले अवरुद्ध

बुटवल । गएराती गएको पहिरोका कारण बुटवल–तानसेन सडकखण्ड अबरुद्ध भएको छ

सिद्धार्थ राजमार्ग अन्तरगत गैडेपुल भन्ने स्थानमा पहिरो जाँदा बुटवल–तानसेन सडकखण्ड अवरुद्ध भएको पाल्पाका प्रहरी प्रमुख एसपी दिपक खरेलले जानकारी दिए ।

‘दुवैतर्फ डोजर लगाएर पहिरो पन्छाउने काम त भइरहेको छ,’ एसपी खरेलले भने, ‘दिनभरसम्म पनि बाटो नखुल्न सक्छ ।’

एक पटक पढ्नुहोस