रोल्पा सिमेन्ट उद्योगका महाप्रबन्धक कर्णमाथि यौन दुर्व्यवहारको आरोप

घोराही । स्थायित्वको अभावले पटक–पटक मालिक फेरिँदै किनबेच भइरहने रोल्पा सिमेन्ट उद्योग प्रा.लि.का महाप्रबन्धकमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ ।

रोल्पा सिमेन्ट उद्योग प्रा.लि.का महाप्रबन्धक रविलालकान्त कर्णमाथि भात पकाउने भान्सेलाई यौन दुर्व्यहार गरेको आरोप लागेको हो ।

पीडित स्थानीयहरुले सिमेन्ट उद्योग प्राङ्गणमै पत्रकार सम्मेलन गरिरहँदा उद्योगका आधिकारिक व्यक्तिहरु पत्रकारसामु खुल्न चाहेनन् । ती महिलाले आफूमाथि यौन दुर्व्यवहारसँगै हातपातसमेत भएको पत्रकार सम्मेलनमा बताइन्

सोही ठाउँका एक स्थानीय महिलाले आफू उद्योगका जिएमबाट यौन दुव्यर्वहारसँगै हातपात समेत भएको पत्रकारसामु बताइरहँदा उद्योग सम्वद्ध अधिकारीहरु कोही पनि पत्रकारसामु बोल्न चाहेनन् ।

कम्पनीले भान्सेमा नियुक्ति गरेको ६ दिनमै आफूलाई कर्णले यौन दुर्व्यवहारसहित हातपातसमेत गरेको ती महिलाले पत्रकार सम्मेलनमा भनेकी थिइन् । पीडित महिलालाई भान्सेको जागिरबाटै कम्पनीले बर्खास्त गरिसकेको छ ।

‘मलाई रोजगारी लगाएको नाममा उद्योगका जिएमले ममाथि हातपात गरे, तर प्रहरी चौकीमा उजुरी दिँदा पनि मैले न्याय पाउन सकेको अवस्था छैन’, पत्रकार सम्मेलनमा ती महिलाको रोदन थियो ।

यौनजन्य अपराधको किटानी जाहेरी लिने र मुद्दा प्रक्रियामा जाने अधिकार आफूलाई नभएको भन्दै ती महिलालाई इलाका प्रहरी कार्यालय होलेरीमा जान सुझाव दिएको अस्थायी प्रहरी पोष्ट कोइलाका सई ईश्वरीप्रसाद भण्डारीले बताए

सई भण्डारीले दुई दिनअगाडि पीडित महिला आफन्तसहित चौकीमा आएर आफूमाथि उद्योगका महाप्रबन्धक कर्णले दुर्व्यवहार तथा जबरजस्ती बलात्कारको प्रयास गरेको भन्ने ठाडो उजुरी दिएको बताए ।

‘हामीलाई यहाँ लिखित मुद्दा बुझ्ने अख्तियारी छैन’, सई भण्डारीले भने– ‘त्यही भएर मैले उहाँलाई इलाका प्रहरी कार्यालय होलेरीमा गएर लिखित जाहेरी दिन सल्लाह दिएर पठाएको हुँ ।’

घटनाबारे पीडित महिलाले त्रिवेणी–३ स्थित अस्थायी प्रहरी पोष्ट कोइलामा जाहेरी दिएपनि कुनै सुनुवाई नभएको उनले बताइन् । उनले दोषीलाई जोगाउन षड्यन्त्र भइरहेको आरोप लगाइन् ।

यसैबीच स्थानीय सर्वसाधारणले दोषी महाप्रवन्धक कर्णमाथि कारबाहीको माग गर्दै केही दिनअघि उद्योग परिसरमा नाराबाजी समेत गरेका थिए । तर उद्योगले केही रेस्पोन्स गरेको छैन ।

भारतीय श्रमिकहरुलाई खोजी–खोजी काममा लगाएको छ । तर सो उद्योगले लकडाउनकै अवधिमा कम्तीमा १७ जना स्थानीय कामदारलाई उद्योगबाट हटाएको छ ।

अभियोगबारे बुझ्न खोज्दा महाप्रबन्धक कर्ण फोन सम्पर्कमा आउन चाहेनन्

एक पटक पढ्नुहोस