साल्ट ट्रेडिङ संचालक समितिका अध्यक्ष तथा उद्योगपति लक्ष्मीदास मानन्धर अस्पताल भर्ना

काठमाडौं ।   साल्ट ट्रेडिङ कर्पोरेशन संचालक समितिका अध्यक्ष एवं उद्योगपति लक्ष्मीदास मानन्धर अस्पताल भर्ना भएका छन् ।

सोमबार राति क्षेत्रपाटी स्थित आफ्नै निवासमा भर्याङ्मा चिप्लिएर लड्दा मानन्धर घाइते भएका थिए । उनलाई तत्काल बागबजारस्थित काठमाडौं मोडेल अस्पताल पुर्याइएको थियो ।

९३ वर्षिय मानन्धरको दायाँ खुट्टाको हड्डी भाँचिएको पारिवारीक स्रोतले बताएको छ । मानन्धरलाई थप उपचारका लागि आजै नेपाल मेडिसिटी अस्पताल लैजाने तयारी पनि गरिएको छ ।

मानन्धर तत्कालिन एमालेबाट राष्ट्रियसभामा निर्वाचित पूर्व सांसद पनि हुन् । त्यसैगरी उनी उद्योग वाणिज्य समितिका सभापति समेत थिए ।

एक पटक पढ्नुहोस