काठमाडौं । पोखरा–बाग्लुङ सडक खण्ड अन्तर्गत नयाँपुलको सडक अवरोध खुलाउने प्रयास भइरहेको छ ।
पर्वतको कुश्मानगरपालिका–२ स्थित नयाँपुलमा सडक माथिबाट खसेको ठुलो ढुंगा स्काभेटरेको सहायताले हटाउन प्रयास भइरहेको जिल्लाप्रहरी कार्यालय पर्वतले जनाएको छ ।
गएराति पौने ११ बजे ठुलो ढुंगा खसेपछि सो सडक खण्ड अवरुद्ध भएको थियो । अवरोध हटाउन जिल्लाप्रहरी कार्यालय पर्वतबाट ५ जना टोली खटिएका छन् ।
सडक खण्डको केही अंश खुलाएर साना सवारी संचालनमा ल्याईएको र पूर्णरुपमा बाटो खुलाउने प्रयास भइरहेको बताइएको छ ।
