After header

आज पनि ह्वातै बढ्यो सुनको भाउ, हिजोको रेकर्ड तोडियो ! कति पुग्यो ? [मूल्य सहित]

काठमाडौँ – लगातार रेकर्ड बनाइरहेको सुनको मूल्यले शुक्रबार फेरी नयाँ रेकर्ड बनाएको छ। बिहिबार बनेको रेकर्ड तोड्दै शुक्रबार सुनको मूल्यले नयाँ रेकर्ड बनाएको हो।

शुक्रबार एकै दिन सुनको मूल्यमा १ हजार ३ सय वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाला सुनको मूल्य ९५ हजार ८ सय कायम भएको छ।

सुनको मूल्य बुधबार प्रतितोला ९४ हजार पुग्दै रेकर्ड बनाएको थियो। जसलाई तोड्दै बिहिबार छापावाला सुनको मूल्य मूल्य प्रतितोला ९४ हजार ५ सय पुगेको थियो।

शुक्रबार तेजावी सुनको मूल्यमा पनि १ हजार ३ सय रुपैंया वृद्धि भएको छ। शुक्रबार तेजावी सुन प्रतितोला ९५ हजार ३ सय ६५ मा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको मूल्य पनि बढेको छ। शुक्रबार चाँदी प्रतितोला १ हजार १ सय ५० पुगेको छ। बिहिबार १ हजार १ सय ४५ मा कारोबार भएको चाँदीको मूल्य १० रुपैंयाले बढेको हो।

प्रकाशित : शुक्रबार, साउन ०९, २०७७०५:१९
एक पटक पढ्नुहोस