वर्षायाममा रोटा भाइरसको जोखिम

अहिले यसैपनि अनेक रोगको जोखिम छ । कोरोना भाइरसको त्रास ज्यूँको त्यूँ छ । त्यससँगै डेंगु, मलेरिया, हैजा, भाइरल ज्वरो, टाइफाइड वा पेटको संक्रमण हुने जोखिम रहन्छ । मनसुन भनेकै संक्रामक रोग फैलने बेला हो । यतिबेला खानेकुरा, पानीको माध्यामबाट संक्रमण फैलन सक्छ ।

यस सिजनमा धेरैले झेल्ने समस्या हो, पखला ।

पखलालाई त्यती जटिल स्वास्थ्य समस्या होइन । सरसफाईमा ध्यान दिएमा, पर्याप्त झोल एवं पानी पिएमा, सुपाच्य खानेकुरा खाएमा पखला आफै निको हुन्छ । तर, आवश्यक सावधानी अपनाइएन भने पखलाले जटिल रुप लिने मात्र होइन, ज्यान नै लिन्छ । हाम्रो मुलुकमा झाडा–पखलाबाट मृत्यु भएको घटना पढ्न, सुन्न पाइन्छ ।

रोगी, बुढाबुढी र बालबच्चालाई झाडापखलाले धेरै दुःख दिन्छ । यस्तै दुःख दिने भाइरस हो, रोटा । खासगरी नवजात शिशु वा कम उमेरका बालबच्चालाई यसले सताउने गर्छ ।

त्यसो त रोटा भाइरसको संक्रमण सबै उमेरका व्यक्तिमा हुनसक्छ । तर, यसले नवजात शिशु र तीनदेखि पाँच वर्षसम्मको बच्चाहरुलाई रोटा भाइरसको बढी संक्रमण हुने गर्छ । यो संक्रमण यसकारण घातक हुनसक्छ कि, यसले कडा किसिमको जल वियोजन गराउन सक्छ । यही कारण बच्चाको मृयु समेत हुनसक्छ ।

मृत्युको कारण

विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार पाँच वर्ष मुनीका बच्चाको कुलु मृत्युमध्ये अहिले पनि पखला प्रमुख कारणको रुपमा रहेको छ । वैश्विक स्तरमा कुल मृत्युमध्ये पखलाको कारणले मृत्यु हुने दर ८ प्रतिशत छ । पखलाको कारणबाट हुने कुल मृत्युमध्ये ३२–३८ प्रतिशत मृत्यु रोटा भाइरसको कारणले हुने अुनमान छ । विश्व स्वास्थ्य संगठनका तथ्यांकले देखाउँछ, वर्षेनी २० लाख मान्छे रोटा भाइरसको संक्रमणको कारण अस्पतालमा भर्ना हुने गरेका छन् ।

नेपालमा जोखिम

नेपालमा पनि झाडापखलाको जोखिम  कम छैन ।  सुदूरपश्चिममा त झाडापखलाकै कारण धेरैले ज्यान गुमाएको उदाहरण छ । त्यसैगरी विभिन्न तथ्यांकले देखाउँछ, नेपालमा बर्षेनी झाडा पखलाले लाखौं व्यक्ति प्रभावित हुने गर्छन् ।

पाँच बर्ष मुनीका बालबच्चाहरुमा रोटा भाइरसकै कारणले पखला लाग्ने गरेको पाइएको छ ।

रोटा भाइरस कसरी सर्छ ?

यो एकदमै संक्रामक हुन्छ । खासगरी संक्रमित व्यक्तिको दिसाबाट, दुषित खाना र पानीको माध्यामबाट अरुमा सर्छ ।

कसरी थाहा पाउने ?

यो रोगले खासगरी आन्द्रामा संक्रमण गराउँछ । यो अति संक्रामक हुन्छ । जब रोटा भाइरसको संक्रमण हुन्छ, तब ज्वरो आउँछ । वान्ता हुन्छ, पेट दुख्छ । त्यससँगै पखला लाग्छ । उक्त अवस्था ४८ घण्टासम्म रहन सक्छ । ३ देखि ७ दिनमा आफै रोकिन सक्छ । तर, यसले निम्त्यिाउने अर्को समस्या भनेको जलवियोजन नै हो । रोटा भाइरसको संक्रमणबाट हुने पखलाले बच्चाहरुको मृत्यु हुनुमा पनि जल वियोजन नै प्रमुख कारण हो ।

अब के गर्ने त ?

रोटा भाइरसको संभावित जोखिमबाट बालबालिकालाई बचाउनका लागि अहिले खोप पनि उपलब्ध छ । रोटा भाइरसबाट मात्र होइन, अन्य पखलाबाट बचाउनका लागि सरसफाई, पोषणयुक्त खानेकुरामा ध्यान दिनुपर्छ ।

नवजात शिशुको लागि स्तनपान अत्यावश्यक हुन्छ । जन्मिएको ६ महिनासम्म आमाबे दुधमात्र ख्वाउनाले बच्चाहरु धेरै रोगको जोखिमबाट मुक्त हुन्छन् । ६ महिनापछि स्तनपानका साथै अन्य पोषिलो एवं झोलिलो खानेकुरा दिनुपर्छ ।

रोटा भाइरसको खोप

यो खोप निस्क्रिय पारिएको जीवित विषाणुबाट तयार गरिएको सफा झोलको रुपमा आउँछ । सन् २००६ देखि नै विश्वभर रोटा भाइरस विरुद्धको खोप उपलब्ध हुँदै आएको छ । अन्य खोप झै यो पनि अत्यान्त सुरक्षित र प्रभावकारी छ ।

मात्रा र उमेर

यो खोप ६ हप्ता र १० हस्पताको उमेरमा दिइन्छ । प्रत्येक वच्चाको लागि एक मात्रको प्लाष्टितक ट्युब हुन्छ, त्यो ट्युबमा भएको सबै मात्रा (करिब एक दशकमलव पाँच एमएल) ख्वाउनुपर्छ ।

 

एक पटक पढ्नुहोस