साउदीमा ज्यान गुमाएका ६४ नेपालीका परिवारलाई सहयोग

वैदेशिक रोजगारीका लागि साउदी अरबमा पुगेका बिभिन्न कारणले मृत्यु भएका नेपाली कामदारहरुको रकम नेपाल पठाइएको छ। नेपाली दूतावास रियादले आज एक प्रेस बिज्ञप्ति जारी गर्दै बिभिन्न कम्पनीमा कार्यरत रहदा मृत्युवरण गरेका ६४ जना नेपालीहरुले काम गरेबापत पाउनु पर्ने १४ लाख ५४ हजार ६ सय ८९ साउदी रीयल नेपाल पठाएको जनाएको छ।

दूतावासका अनुसार वैदेशिक रोजगारीका लागि साउदी अरब आई बिभिन्न स्थान र कम्पनीमा कार्यरत रहेको अबस्थामा मृत्यु भएका नेपाली नागरिकका कानूनी हकवालाले रकम प्राप्त गर्न सक्ने गरि मृतकहरुका समन्धित कम्पनीबाट उनिहरुले लिन बाँकी तलबभत्ता, सर्भिस बेनेफिट तथा ब्लडमनि नेपाल स्थित कन्सुलर सेवा बिभागमा पठाइको जनाएको छ।

दुर्घटनामा  दोस्रो पक्षको संलग्नता भई ज्यान गुमाएका नेपाली नगरिकहरुको हक वालाको तर्फबाट साउदी अरबको बिभिन्न अदालतमा पुगी बहस पौरवी गर्दै आइरहेको जनाउदै दूतावासले बिश्वव्यापी रुपमा फैलिएको कोरोना महामारीका कारण असामान्य परिस्थितिले गर्दा काम कार्वाही पुर्ण रुपमा सन्चालन हुन नसकेकोले, अबस्था समान्य बनेपछि स्थगन रहेका अन्य मुद्वाहरु नियमित गरिने बताएको छ।

एक पटक पढ्नुहोस