After header

गोंगबु ह-त्याका आरोपी चितवनमा पक्राउ, घटनास्थलबाट दा-उ र ह्याम्मर बरामद!

काठमाडौँ। गोंगबुमा भएको वि-भत्स ह-त्याका आरोपी महिलालाई प्रहरीले पक्राउ गरेको छ। कल्पना मुडभरी (पौडेल) लाई चितवनबाट काठमाडौं ल्याएर सार्वजनिक गरेको हो । साउन २५  गते बिहान अन्दाजी ०७:०० बजेको समयमा का.जि. टोखा नगरपालिका वडा नं. १० गोंगबु नवज्योति मार्गमा कालो रंगको सुटकेशबाट रगत जस्तो पदार्थ बगिरहेको भन्ने जानकारी प्राप्त भएको थियो। त्यसपछि प्रहरी टोलीले उक्त सुटकेश खोली हेर्दा सुटकेशभित्र टाउको बिनाको मानिसको लाश रहेको देखेर  तत्काल महानगरीय अपराध महाशाखा र महानगरीय प्रहरी परिसर काठमाण्डौको संयुक्त प्रहरी टोली खटिएको थियो।

आरोपी महिला जि.चितवन कालिका न.पा. वडा नं. ७ घर भई हाल का.जि. टोखा नगरपालिका वडा नं. १० नवज्योति मार्गमा बस्ने गरेको खुलेको छ।  । ३७ वर्षीय केहि मुडभरी गृहिणीको साथै केहि टेलिशृंखलामा अभिनय गरेको पनि प्रहरी अनुसन्धानमा खुलेको छ। उनि सोमबार जि. चितवन कालिका न.पा. वडा नं. ९ शक्तिखोर स्थित माईतीबाट पक्राउ परेकी हुन्।

एक पटक पढ्नुहोस