कोरोना विरुद्धको खोप बनेको घोषणा गर्दै पुटिनले भने – ‘अब मास्क लगाउने दिन जाने भए’

एजेन्सी – रुसले निर्माण गरेको कोरोना भाइरस संक्रमण विरुद्धको खोप केहि दिनमै दर्ता हुने भएको छ। रुसका राष्ट्रपति भ्लादिमिर पुटिनका अनुसार रुसले निर्माण गरेको कोरोना भाइरस संक्रमण विरुद्धको खोप केहि दिनमै दर्ता हुनेछ।पुटिनले कोरोना भाइरस विरुद्धको खोप केहि दिनमै दर्ता हुने सामाजिक संजाल फेसबुक मार्फत घोषणा नै गरेका हुन्। आफ्नो देशले तयार पारेको कोरोना भाइरस संक्रमण विरुद्धको खोपले सम्पूर्ण ‘क्लिनिकल ट्रायल’ पुरागरिसकेको पुटिनको दावी छ।“रूसी वैज्ञानिकहरूले आवश्यक परीक्षण चरणहरू पार गरिसकेका छन् र औषधिको सुरक्षा र प्रभावकारिता प्रमाणित भइसकेको छ। हाम्रो औषधीले महामारीलाई पर्याप्त मात्रामा नियन्त्रण गर्न सकेको छ। यो हाम्रो लागि मात्र नभई सम्पूर्ण विश्वका लागि आशाको विषय हो।”,रुसले निर्माण गरेको खोप बारे पुटिन भन्छन्।सोभियत उपग्रहले मानवहरुका लागि अन्तरिक्षमा पुग्ने मार्गखोलेको उल्लेख गर्दै उनले रुसी भ्याक्सिनले कोरोना रहित, मास्क र सामाजिक आइसोलेसन बिनाको भविष्यका लागि मार्गप्रसस्त गरेको दाबि समेत गरेका छन्।रुसले कोरोना भाइरस संक्रमण विरुद्धको खोप केहि दिनमै दर्ता हुने दावी गरिरहेका बेला केहि मेडिकल विज्ञहरुले भने मानवीय परीक्षण गर्न नपुगेको बताइरहेका छन्।

रुसले १२ अगस्टमा कोरोना विरुद्धको खोप दर्ता गर्ने चर्चा चलिरहेका बेला राष्ट्रपति भ्लादिमिर पुटिनबाटै यस्तो घोषणा भएपछि यसले विश्वभर आशा जगाएको छ।

यस्तै रुसका उपस्वास्थ्य मन्त्री ओलेग ग्रीडनेभले १२ अगस्टमा कोरोना भाइरस विरुद्धको खोप दर्ता गर्ने र आगामी महिनाबाट उत्पादन सुरु गर्ने जानकारी दिएका छन्। उनका अनुसार रुसले मानिसमा गरिएको अन्तिम चरणको खोपको परीक्षण सफल भएको छ। उक्त खोपको जुन १८ देखि क्लिनिकल ट्रायल शुरु भएको उनको भनाई छ। परीक्षणमा सहभागी सबैको रोग प्रतिरक्षा विकास भएको उनले बताए।

एक पटक पढ्नुहोस