सुदूरपश्चिम प्रदेशमा थप ४७ जनामा कोरोना संक्रमण पुष्टि

कैलाली । सुदूरपश्चिम प्रदेशमा थप ४७ जना कोरोना  संक्रमण पुष्टि भएको छ । मंगलबार डडेल्धुरा अस्पतालबाट ४६ र सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणबाट थप १ जनामा कोरोना संक्रमण पुष्टि भएका हो ।

डडेल्धुरा अस्पतालमा २४७ जनामा गरिएको परीक्षणमा ४६ जनामा संक्रमण पुष्टि भएको अस्पतालका प्रयोगशाला ईन्चार्ज ईश्वरीप्रसाद भुसालले जानकारी दिए । उनले शिखर नगरपालिका १० का १६, वडा नं ९ का १४, ७ का  १३, १ का २ र दिपायल सिलगढी नगरपालिका ८ का १ जनामा संक्रमण पुष्टि भएको बताए ।

त्यसैगरी सेती प्रादेशिक अस्पतालमा ६४९ जनाको परीक्षण गरिएको र ती मध्येबाट १ जना पुरुषमा मात्र कोरोना संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए ।  परीक्षणमा कैलालीको जोशीपुर गाउँपालिका वडा नम्वर ७ का ३५ बर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।

उनले हालसम्म २४ हजार ५३१ जनाको परीक्षण गरिएको र २२ हजार ९०९ जनामा नेगेटिभ रिजल्ट आएको बताए । १६ सय २२ जना भने फेला परेका संक्रमित रहेको उनको भनाई छ ।

एक पटक पढ्नुहोस