असोज १ गरे देखि विद्यार्थीलाई निःशुल्क इन्टरनेट !

काठमाडौँ – अब इन्टरनेट सेवा प्रदायकहरुले विद्यार्थी र विद्यालयलाई निःशुल्क वा सहुलियत शुल्कमा इन्टरनेट उपलब्ध गराउनुपर्ने भएको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले असोजबाट निःशुल्क वा सहुलियत इन्टरनेट उपलब्ध गराउनुपर्ने व्यवस्था गरेको हो।

कोरोना भाइरस संक्रमणका कारण विद्यालय खोल्न असम्भव भएका कारण वैकल्पिक शिक्षाका लागि मन्त्रालयले यस्तो व्यवस्था गरेको बताइएको छ। १९ भदौमा पारित मन्त्रीस्तरीय निर्णयबाट विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका पारित भएको थियो। जसमा विद्यार्थी सिकाइ सहजीकरण गर्न विद्यार्थीलाई निःशुल्क इन्टरनेट गराउनुपर्ने कुरा उल्लेख गरिएको छ।

एक पटक पढ्नुहोस