कुलमानले भने – ‘एउटा व्यक्ति नेतृत्वमा सधै रहिरहनुपर्छ भन्ने छैन’

काठमाडौँ – नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको रुपमा चार वर्षे कार्यकाल सकाएर बिदा भएका कुलमान घिसिङले एउटै व्यक्ति एउटा जिम्मेवारीमा सधै रहिरहनुपर्छ भन्ने नरहेको बताएका छन्।

मंगलबार प्राधिकरणमा आयोजित बिदाइ कार्यक्रमलाई सम्बोधन गर्दै घिसिङले एउटै व्यक्ति एउटा जिम्मेवारीमा सधै रहिरहनुपर्छ भन्ने नरहेको बताएका हुन्।

उनलाई नै पुनः कार्यकारी निर्देशकको रुपमा नियुक्त गरिनुपर्छ भन्ने माग सर्वत्र उठिरहेका बेला घिसिङको तर्फबाट यस्तो भनाई आएको हो। बिदाइ कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले केही पनि विकल्परहित नरहेकोसमेत प्रष्ट पारे।

“हिजो विद्युत प्राधिकरणमा को आयो को गयो कसैलाई थाहा हुँदैन थियो। अहिले कार्यकारी निर्देशकको पोष्टको चर्चा आएपछि प्राधिकरणको इज्जत बढेको ठान्नु पर्छ। यो विषय हाम्रो लागि राम्रो हो। कार्यकारी निर्देशक आउने जाने हुन्छ। एउटा व्यक्ति सधै रहिरहनुपर्छ भन्नेमा म छैन। विकल्परहित केही हुँदैन।”,उनले भने।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको औपचारिक रुपमै बिदा भएका छन्। आइतबार चार वर्षे कार्यकाल सकिएका घिसिङको मंगलबार औपचारिक रुपमा बिदाइ गरिएको हो। मंगलबार प्रधिकरणमा आयोजित कार्यक्रममा प्राधिकरणका कर्मचारीहरुले घिसिङको चार वर्षे कार्यकाल सकिएपछि बिदाइ गरे।

एक पटक पढ्नुहोस