एजेन्सी – रुसले निर्माण गरेको कोरोना भाइरस संक्रमण विरुद्धको खोपले विभिन्न साइड इफेक्ट देखाएको छ। हाल मानिसमा तेस्रो चरणको परीक्षण भइरहेको उक्त खोपले ७ जना मध्ये १ जनामा साइड इफेक्ट देखाएको हो।
रुसी संचार माध्यमहरुले बताएसानुर परीक्षणमा सहभागी ७ स्वयंसेवकहरु मध्ये १ जनामा साइड इफेक्ट देखिएको छ। साइड इफेक्ट देखीएको बारे रुसी स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले नै खुलासा गरेको बताइन्छ।
रुसी समाचार एजेन्सी तासले गरेको दावी अनुसार रुसका स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले पछिल्लो पटक भ्याक्सिन लगाउने स्वयंसेवकहरुमा साइड इफेक्ट देखिएको बताएका हुन्।
समाचारमा बताइएअनुसार, भ्याक्सिन लिएपछि ७ मध्ये १ स्वयंसेवकमा कमजोरी, मांशपेशी दुख्ने जस्ता साइड इफेक्ट देखिएका छन् । यधपी त्यसप्रकारको साइड इफेक्ट हुन सक्ने भनेर पहिला नै अनुमान गरिएको बताइन्छ। साइड इफेक्ट देखिएको भोलिपल्ट सबै स्वयंसेवक ठिक भएको समेत स्वास्थ्य मन्त्री मिखाइल मुराश्कोले दावी गरेका छन्।
भ्याक्सिनको क्लिनिकल ट्रायलको सुरुवाती नतिजा ४ सेप्टेम्बरमा द ल्यान्सेट जर्नलमा प्रकाशित भएको थियो। जसमा विकास गरिएको कोभिड-१९ विरुद्धको खोपको पछिल्लो ७६ जनामा गरिएको परीक्षणबाट निकै सकारात्मक परिणाम देखापरेको दावी गरिएको थियो।
