काठमाडौँ – मंगलबार सुनको मूल्यमा भारी गिरावट आएको छ। सोमबारको तुलनामा सुनको मूल्यमा १ हजार ७ सय रुपैंयाले गिरावट आएको हो।


मंगलबार कायम भएको सुनको मूल्य ४१ दिन यताकै कम हो। मंगलबार कायम भएको मूल्य साउन २८ गते यताकै कम रहेको महासङ्घले जनाएको छ। साउन २८ गते छापावाला सुन ९५ हजार ४ सयमा कारोबार भएको थियो। त्यसयता सुनको मूल्य न्यून विन्दुमा पुगेको आज नै हो।
