After header

प्रधानमन्त्रीलाई डा. केसीको आग्रह : माग साधारण छ, पूरा गर्नुस्

९ असोज, काठमाडौं । आमरण अनसनरत डा. गोविन्द केसीले आफ्नो माग पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् ।

अनसनस्थल त्रिभूवन विश्व विद्यालय शिक्षण अस्पतालबाट शुक्रबार भिडियो सन्देश जारी गर्दै डा. केसीले भनेका छन्, ‘यो साधारण माग हो, धेरै त सम्झौता पनि भइसकेको छ, यसलाई पुरा गरिदिनुस् ।’माग सम्बोधन नगर्ने हो भने आफ्नो सत्याग्रह जारी रहने डा. केसीले बताएका छन् ।

एक पटक पढ्नुहोस