ओलीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक, पुनर्गठन आजै हुने सम्भावना !

काठमाडौँ – आइतबार मन्त्रिपरिषदको आकस्मिक बैठक बस्ने भएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका हुन्। प्रधानमन्त्री ओलीले मध्यान्ह १२ बजे आकस्मिक रुपमा बैठक बोलाइएको एक मन्त्रीले बताएका छन्।

पछिल्लो समय मन्त्रिपरिषद् पुनर्गठनको चर्चा चलिरहेका बेला आकस्मिक रुपमा मन्त्रिपरिषदको बैठक बस्न लागेको विषयलाई अर्थपूर्ण रुपमा हेरिएको छ।

केहि समय देखि सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)मा मन्त्रिमण्डल पूनर्गठनको चर्चा चलिरहेको छ। मन्त्रिमण्डल पूनर्गठनको मापदण्ड कस्तो बनाउने भन्ने विषयमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच आन्तरिक छलफल तथा परामर्श समेत भएको थियो।

बताइएअनुसार मन्त्रिमण्डलमा ठूलो परिवर्तन हुँदैछ। शुरु बाटै मन्त्री रहेर पनि काम गर्न नसकेका सम्पूर्ण मन्त्री फेर्ने तयारी ओलीको छ। यस्तै नयाँ मन्त्री भने पार्टी भित्रको अन्तरिक भागवण्डाको आधारमा हुनेछ।

नयाँ मन्त्री बन्ने भनेर चर्चा भएका नामहरुमा प्रवक्ता तथा राष्ट्रियसभा सदस्य नारायणकाजी श्रेष्ठ, महासचिव तथा प्रतिनिधिसभा सदस्य विष्णु पौडेल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सुरेन्द्र पाण्डे, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य जनार्दन शर्मा, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य देवेन्द्र पौडेल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य पम्फा भुषाल, स्थायी कमिटी सदस्य तथा प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे लगायत छन्।

एक पटक पढ्नुहोस