After header

आज असोज १२ गते सोमबार, कुन राशिलाई कति शुभ? हेर्नुहोस दैनिक राशिफल!

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

तपाईंको लागि यस दिन लाभदायक हुनेछ। व्यापार व्यवसायमा अपेक्षित सफलता मिल्ने सम्भावना छ। आयमा वृद्धि हुनेछ। सामाजिक प्रसङ्गले यात्राको योग बन्ने देखिन्छ। वाहन सुख मिल्न सक्छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ।

वृष  – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

नयाँ कार्य सुरु गर्न तथा महत्वपूर्ण निर्णय लिनको लागि दिन शुभ रहनेछ। कार्य सफलतामा विलम्व हुनसक्छ। पदोन्नतीको योग रहेको छ। यात्राको योग बन्नेछ। बुबाबाट विशेष लाभ मिल्ने सम्भावना छ। कार्यक्षेत्रमा उच्च पदाधिकारी तपाईंसँग प्रशन्न रहनेछन्।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini)

खानपानमा विशेष ध्यान राख्नुहोला। मनमा नकारात्मक भावना उत्पन्न हुनसक्छ। यात्राको योग बन्ने देखिन्छ। लेखन तथा साहित्य क्षेत्रमा रुचि बढ्नेछ। स्वास्थ्यमा समस्या आउनसक्छ। मानसिक तनाब बढ्नेछ। अनावश्यक वाद-विवादबाट बच्नुहोला।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer)

शारीरिक तथा मानिसक अस्वस्थताको अनुभव हुनेछ। यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला। आफ्नो क्रोध तथा वाणीमा संयम राख्नुहोला। नयाँ कार्य सुरु गर्नको लागि दिन शुभ छैन। साथी-भाईसँग रमणीय भेटघाट हुने सम्भावना छ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo)

आर्थिक लाभ मिल्ने सम्भावना छ। व्यापार व्यवसाय क्षेत्रमा समय अत्यन्त शुभ रहनेछ। धन प्राप्तिको प्रबल योग रहेको छ। यात्राको योग बन्नेछ। स्वादिष्ट एवम उत्तम भोजनका साथै नयाँ वस्त्र पाएर तपाईं प्रशन्न हुनुहुनेछ। आर्थिक पक्ष सबल रहनेछ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo)

कला तथा सिर्जनात्मक क्षेत्रमा अरुचि बढ्नेछ। व्यापार तथा व्यवसायमा बिस्तार हुनेछ। शत्रु तथा प्रतिस्पर्धी पराजित हुनेछन्। स्वास्थ्य राम्रो रहनेछ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। आर्थिक पक्ष मजबूत रहनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra)

तपाईंको लागि यस दिन मध्यम फलदायी रहनेछ। आमाको स्वास्थ्य चिन्ताको विषय बन्नसक्छ। परिवारका सदस्यको साथ मनमुटावको स्थिति आउनसक्छ। विद्यार्थी वर्गको लागि समय अनुकूल रहनेछ। स्वास्थ्य राम्रो रहनेछ।

वृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio)

तपाईंको लागि यस दिन अनुकूल रहनेछ। भाई-बहिनीसँगको सम्बन्धमा सुमधुरता छाउनेछ। गृहस्थजीवन सुखमय रूपले बित्नेछ। शारीरिक तथा मानसिक अस्वस्थताको अनुभव गर्नुहुनेछ।धनहानि हुने सम्भावना छ। सामाजिक मान-सम्मानमा आँच आउनसक्छ।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius)

वाणी तथा क्रोधमा असमयम राख्नुहोला। विद्यार्थी वर्गको लागि समय शुभ नरहला। स्वास्थ्य राम्रो रहनेछ। सामाजिक मान-प्रतिष्ठा बढ्नेछ। शत्रु तथा प्रतिस्पर्धी माथि विजय प्राप्त हुनेछ। परिवारमा मनमुटावको परिस्थिति सिर्जना हुनसक्छ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn)

व्यापार व्यवसाय क्षेत्रमा समय अनुकूल रहनेछ। हरेक कार्य सरलताका साथ पूरा हुनेछ। कार्यक्षेत्रमा पनि समय अनुकूल रहने देखिन्छ। मनमा नकारात्मक सोच उत्पन्न हुनसक्छ। पूँजी निवेश गर्नको लागि परिस्थिति अनुकूल रहनेछन्।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius)

धर्म कर्ममा मन लाग्नेछ। धार्मिक कार्य तथा धार्मिक यात्रामा धन खर्च हुने देखिन्छ। हरेक कार्य सरलतापूर्वक सम्पन्न हुनेछ। शारीरिक तथा मानसिक रूपले तपाईं स्वस्थ रहनुहुनेछ। गृहस्थजीवन सुखमय रहनेछ। पूण्य रूपी कार्यमा खर्च हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces)

आर्थिक लाभ मिल्ने सम्भावना रहेको छ। व्यावसायिक क्षेत्रमा पनि लाभ मिल्ने देखिन्छ। परिवारमा सुख-शान्तिमय वातावरण रहनेछ। खर्चमा वृद्धि हुनेछ। मित्रबाट लाभ मिल्ने सम्भावना देखिन्छ। धार्मिक कार्यमा खर्च हुनेछ।

Interesting For You
एक पटक पढ्नुहोस