After header

उकालो लाग्यो सुनको मूल्य, आज ४४ दिन यताकै महँगो ! कति ? [मूल्य सहित]

काठमाडौँ – हप्ताको दुई दिन स्थिर रहेर मंगलबार बढेको सुनको मूल्य बुधबार पनि बढेको छ। बुधबार सुनको मूल्य तोलामा ९ सयले बढेको हो।नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार तोलामा ९ सयले बढेसँगै छापावाला सुनको मूल्य प्रतितोला रु ९६ हजार ३ सय र तेजाबी सुनको मूल्य प्रतितोला रु ९५ हजार ८ सय भएको छ।यस अगाडी मंगलबार सुनको मूल्य प्रतितोला रु ४०० ले बढेको थियो। जसपश्चात छापावाला सुनको मूल्य प्रतितोला रु ९५ हजार ४०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ९४ हजार ९०० कायम भएको थियो।बुधबार कायम भएको सुनको मूल्य डेढ महिना यताकै बढी हो। बुधबार कायम भएको सुनको मूल्य ४४ दिन यताकै महँगो रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ।पछिल्ला केहि महिना भन्दा असोज महिनामा सुनको मूल्य केहि सस्तो भएको थियो। बुधबार कायम भएको सुनको मूल्य असोज ५ गते यताकै महँगो रहेको छ।

एक पटक पढ्नुहोस