दीपिकाले शाहरुखसँग काम गर्न लिइन् कसैले नसोचेको रकम !

मुम्बई । बलिउड अभिनेता शाहरुख खानको आउँदो चलचित्र ‘पठान’ को निकै चर्चा चुलिएको छ । यस चलचित्रलाई लिएर यतिबेला भारतीय चलचित्र नगरीमा निकै चर्चा भइरहेको छ । चलचित्रको छायांकन प्रारम्भ नहुँदै विभिन्न कारणले यो चलचि सुपरहिट हुने अनुमान र विश्वास गर्न थालिएको छ । निर्माण पक्षले भने चलचित्रका बारेमा अहिलेसम्म औपचारिक रुपमा कुनै पनि प्रतिक्रिया दिएको छैन । यो समाचार आजको सौर्य दैनिकमा प्रकाशित छ।

‘पठान’ मा अभिनेता शाहरुखको अपोजिट अभिनेत्री दीपिका पादुकोण रहने निधो भएको छ । यो जोडीले यसअघि ‘ओम शान्ति ओम’ र ‘चेन्नइ एक्सप्रेस’ मा काम गरिसकेको छ । यी दुवै चलचित्र निकै सफल भएकाले यो जोडीको तेस्रो चलचित्र पनि सफल हुने अनुमान भारतीय चलचित्र विश्लेषकले गर्न थालेका छन् । पछिल्लो समय चलचित्र ‘पठान’ का लागि अभिनेत्री दीपिकाले लिएको पारिश्रमिकलाई लिएर पनि यसको व्यापक चर्चा भइरहेको छ । यस चलचित्रका उनले १५ करोड पारिश्रमिक लिएको भारतीय सञ्चारमाध्यमले जिकिर गरेका छन् । अभिनेत्री दीपिका पछिल्लो समय बलिउडमा निकै चलेकी सबैभन्दा सफल अभिनेत्रीमा दरिएकी छन् ।

एक पटक पढ्नुहोस