काभ्रेमा मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गयो

काठमाडौँ । आइतबार साँझ काभ्रेको बनेपामा दुईवटा मोटरसाइकल एआपसमा ठोक्किँदा दुई जनाले ज्यान गुमाएका छन् भने तीन जना घाइते भएका छन् । बनेपाबाट धुलिखेल जाँदै गरेको ना १२ प ७४२९ नम्बर र प्रदेश २, ०१७ प २७०८ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएको थियो ।
एकआपसमा मोटरसाइकल ठोक्किँदा ना १२ प ७४२९ नम्बरको मोटरसाइकल चालक र प्रदेश २–०१७ प २७०८ नम्बरको मोटरसाइकलको पछाडि बस्ने व्यक्तिको ज्यान गएको काभ्रेका ट्राफिक प्रमुख इन्सपेक्टर विशाल तामाङले बताए ।
मोटरसाइकल चालक धुलिखेल–६ का २० वर्षीय सत्यमान तामाङ र सिन्धुपाल्चोक चौताराका २८ वर्षीय हरिकृष्ण बस्नेतको ज्यान गएको इन्सपेक्टर तामाङले बताए । इन्सपेक्टर तामाङकाअनुसार उनीहरुको धुलिखेल अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो । घाइते तीन जनामध्ये एक जनालाई काठमाडौँ पठाइएको छ भने २ जनाको धुलिखेल अस्पतालमा नै उपचार भइरहेको छ ।

एक पटक पढ्नुहोस