काठमाडौं । अभिनेता तथा मोडल प्रथम क्षत्री पनि गायकको रुपमा देखिएका छन् । उनको स्वर रहेको पहिलो गीत ‘टुना मुना’ सार्वजनिक भएको छ । लोक आधुनिक शैलीमा प्रेमिल शब्दहरु रहेको गीतमा शब्द तथा संगीत पनि क्षत्रीकै रहेको छ । गीतमा म्युजिक एरेन्ज भने बाबुल गिरीले गरेका छन् ।
गीतको आकर्षक भिडियो समेत बनेको छ । जसमा प्रथम आफंैले मोडल अञ्जली बाँनियासँग रोमान्स गरेका छन् । प्रेमीले प्रेमिका फकाएको थिम भिडियोमा बुनिएको छ । स्लोमोसन पिक्चर्स प्रालिले निर्माण गरेको भिडियोमा कोरियोग्राफी तथा निर्देशन प्रथम क्षत्रीकै रहेको भने सम्पादन अनन्त घिमिरे, छायाँकन सुशिलजंग थापाले गरेका छन् ।
गीत गाउने रहर सानैदेखि भएपनि अहिले संयोग जुरेको अभिनेता क्षत्रीले बताए । उनले भने ‘सुरुवात भयो यो नै अत्य होइन । आगामि दिनमा पनि अन्य गीत गाउदै छिन् ।’

गायक बने अभिनेता प्रथम
Prev Post
९८ वर्षका दिलिप कुमारकी श्रीमतीले भनिन्, ‘साहब निकै कमजोर भएका छन्, उनका लागि प्रार्थना गरिदिनुहोस्’
Next Post
एक पटक पढ्नुहोस