सुदुरपश्चिममा ५८ जनामा कोरोना संक्रमण पुष्टी

कैलाली । सुदुरपश्चिम प्रदेशमा पछिल्लो २४ घण्टामा गरिएको परीक्षणबाट थप ५८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ ।
सेती प्रादेशिक अस्पताल प्रयोगशालाबाट गरिएको परीक्षणमा ३०, डडेल्धुरा अस्पतालको प्रयोगशालाबाट ७, बझाङ्ग १, बैतडी २ र कमलबजार प्रयोगशालाबाट गरिएको परीक्षणबाट १८ गरी ५८ जनामा संक्रमण पुष्टि भएको हो ।

सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र सिंह कार्कीका अनुसार पुष्टि हुनेमा कैलालीका ११, कञ्चनपुरका १५, अछामका १८, बैतडीका ३, बझाङ्गका ३, डडेल्धुराका ६, डोटीका १ र अन्य जिल्लका १ जना रहेका छन् ।

हालसम्म १ लाख २३ हजार ६७ स्वाबको नमूना परीक्षण गरिएकोमा १२ हजार २०२ कोरोना संक्रमण फेला परेको उनले बताए । १ लाख १० हजार ८६५ स्वाब नमुनाको नतिजा नेगेटिभ आएको उनको भनाइ छ ।

६ सय ८१ जनाको नमुना संकलन गरेपनि रिपोर्ट आउन बाँकी रहेको छ ।

एक पटक पढ्नुहोस