After header

भोलिको प्रदर्शनमा उत्रिन आग्रह गर्दै नेविसंघको सिठी जुलुस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले आइतबार सरकारको विरोधमा विभिन्न स्थानमा सिठ्ठी फुकेको छ । काठमाडौंमा त्रिचन्द्र कलेज परिसरमा नेविसंघका केन्द्रीय अध्यक्ष राजीव ढुंगानासहितका विद्यार्थी नेताले सिठी जुलुस निकालेका थिए ।
विभिन्न ठाउमा ४ बजे नेविसंघले सिठ्ठी फुकेर प्रदर्शन गर्न गरेको नेविसंघका महामन्त्री दिपक भट्टराईले जानकारी दिए । नेविसंघले विभिन्न जिल्लामा सिठी जुलुस निकालेर सरकारका गलत गतिविधि रोक्न जनतालाई जागरण गराए भट्टराईको भनाइ छ ।
देशभर अपराह्न चार बजे एकसाथ सिठी जुलुस निकालेर सोमबारको कार्यक्रमको प्रचारप्रसार गर्दै जनतालाई सडक प्रदर्शनका लागि आह्वान गरिएको उनले बताए । माउ पार्टी काँग्रेसले आयोजना गरेको मंसिर २९ गतेको देशब्यापी प्रदर्शनमा सहभागी हुन नेविसंघले आह्वान पनि गरेको छ।

एक पटक पढ्नुहोस