यसरी हुँदैछ काँग्रेसको काठमाडौँमा प्रदर्शन

प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले सरकारविरुद्ध आज देशव्यापी प्रदर्शन गर्दैछ । त्यसै अन्तरगत राजधानी काठमाडौंका विभिन्न स्थानबाट जुलुस निकालेर रत्नपार्कस्थित शान्तिबाटिकामा वृहद कार्यक्रमको आयोजना गरिने छ । यस्तै प्रदर्शनमा काठमाडौंमा उपलब्ध केन्द्रीत नेताहरुको समेत सहभागिता रहने छ ।
काठमाडौं क्षेत्र नम्बर १ को भृकुटीमण्डपबाट जुलुस निकाल्ने छ भने क्षेत्र नम्बर २,३ र ४ ले पुतलीसडकबाट, क्षेत्र नम्बर ५,६ र ७ लैनचौरबाट, क्षेत्र नम्बर ८ ले बसन्तपुर तथा ९ र १० ले सहिदगेटबाट जुलुस निकाल्नेछन् ।

जुलुस रत्नपार्कमा जम्मा भएर बागबजार, पुतलीसडक, कमलादी हुँदै पुनः रत्नपार्कको शान्तिबाटीकमा पुगेर सभामा परिणत हुनेछ ।

एक पटक पढ्नुहोस