गणतन्त्र र संघीयताका लागि रगत बगाएको मधेसमा ठाउँ खोज्दै राजावादी

काठमाडौं । अहिले देशका विभिन्न भागमा ‘राजा आऊ, देश बचाऊ’को नारा लागिरहेको छ । राजावादीहरुले दिनदिनै ठाउँठाउँमा जलुस निकालिरहेका छन् । नेपालको राजनीतिक इतिहासमा तराई मधेसले गणतन्त्र र संघीयताका लागि बारम्बार रगत बगाएको छ । त्यसैले पनि राजावादीहरुले तराई मधेसमा ‘राजा आऊ, देश बचाऊ’ भनेर सोझै नारा लगाउने हिम्मत गर्न सकेका छैनन् । बरु उनीहरुले तराई मधेसमा रहेका बहुसंख्यक हिन्दु धर्मावलम्बीलाई हिन्दु राष्ट्रको मुद्दामार्फत आफ्नो पक्षमा ल्याउने प्रयास गर्न थालेका छन् ।

तराई मधेसको समर्थन विना आफ्नो अभियान सफल नहुने आँकलन गरी राजावादी संगठनहरुले तराई मधेसलाई टार्गेट बनाएका हुन् । तराई मधेसमा हिन्दु धर्मालम्बी बढी रहेको हुनाले त्यहाँबाट हिन्दु राष्ट्रको पक्षमा आन्दोलन उठाउन सकिन्छ र सो आन्दोलनको गन्तव्यका रुपमा राजतन्त्र ब्युँताउन सकिन्छ भन्ने आँकलनका साथ राजावादीका विभिन्न संघ संगठनले तराई मधेसमा आफ्नो गतिविधिलाई तीव्रता दिएका छन् ।

पछिल्लो समय मधेसका विभिन्न सहरबजारमा राजावादीहरुले कुनै न कुनै कार्यक्रम गरिरहेको पाइन्छ । कहीँ राष्ट्रिय प्रजातन्त्र पार्टीले, कतै देशभक्त नागरिक समाजका नाममा त कतै राष्ट्रिय नागरिक आन्दोलन २०७७ को नामबाट कार्यक्रम भएको पाइन्छ । राजावादीहरुका यी गतिविधिले मधेसको राजनीतिक माहोल, गणतन्त्रप्रतिको अटुट विश्वासमा कुनै परिवर्तन ल्याउन सक्ला ? प्रश्न उठ्न थालेको छ ।

सिरहाका अवकाशप्राप्त शिक्षक एवं पत्रकार अनिरुद्र ठाकुर पनि राजाको पक्षमा अहिले देखिएको आन्दोलनलाई सरकारका गलत क्रियाकलापविरुद्धको आक्रोशका रुपमा लिन्छन् । ‘गणतन्त्र फाल्ने आन्दोलन होइन यो, सरकारप्रति आफ्नो असन्तुष्टि पोखिरहेका छन्,’ उनले भने, ‘तर यो असन्तुष्टिलाई अरुले अर्को रुप दिनसक्छ कि भन्ने डर पनि छ । त्यसैले सरकारले समयमै यसको बारेमा सोच्नुपर्ने हुन्छ ।’

संघीयताका लागि बलिदानी दिएका मधेसी जनताले यति छिट्टै राजतन्त्रका लागि आन्दोलन गर्छन् जस्तो आफूलाई नलागेको मधेस मामिलाका जानकार एवं राजनीतिक विश्लेषक श्रीमननारायण मिश्र बताउँछन् । उनले राजतन्त्रको पक्षमा अहिले भइरहेको आन्दोलन कसैले आफ्नो स्वार्थका खातिर प्रायोजन गरेको दावीसमेत गरे । तर यसलाई नजरअन्दाज गर्न नहुने उनको बुझाइ छ ।

उनले भने, ‘प्रायोजित भए पनि यो एउटा असन्तुष्टि पनि हो, वर्तमान सरकारले गरिरहेको कार्यप्रति जनता खुसी छैनन्, स्थानीय तहदेखि प्रदेश र संघसम्म जुनखालको भ्रष्टाचारका कुराहरु बाहिर आएका छन्, ती सबैप्रतिको असन्तुष्टि पनि हो ।’

मिश्रका अनुसार अहिले राजा आऊ देश बचाऊ भन्ने मौका यिनै गणतन्त्रवादीहरुले दिएका हुन् । तीनवटै तहको सरकारको क्रियाकलापले गर्दा कतिपय गणतन्त्रवादीहरु पनि राजावादीहरुको ब्यानर प्रयोग गरेर विरोधमा उत्रेको उनको विश्लेषण छ । स्थानीय तहमा जनताको आँखा सामु भ्रष्टाचार भइरहेको, प्रदेश सरकारमा रहेका मन्त्रीहरुले विभिन्न नाममा लुट मच्चाईरहेका उनले बताए ।

‘संघीय सरकार त यो कोरोनामा झनै बदनाम भएको छ । त्यसले गर्दा जनतामा एक प्रकारको आक्रोश अवश्य छ,’ उनले भने, ‘तर मधेसले गणतन्त्र फाल्नका लागि हुने आन्दोलनलाई साथ दिन्छजस्तो मलाइ लाग्दैन ।’

सिरहाका अवकाशप्राप्त शिक्षक एवं पत्रकार अनिरुद्र ठाकुर पनि राजाको पक्षमा अहिले देखिएको आन्दोलनलाई सरकारका गलत क्रियाकलापविरुद्धको आक्रोशका रुपमा लिन्छन् । ‘गणतन्त्र फाल्ने आन्दोलन होइन यो, सरकारप्रति आफ्नो असन्तुष्टि पोखिरहेका छन्,’ उनले भने, ‘तर यो असन्तुष्टिलाई अरुले अर्को रुप दिनसक्छ कि भन्ने डर पनि छ । त्यसैले सरकारले समयमै यसको बारेमा सोच्नुपर्ने हुन्छ ।’

उनी ‘राजा आऊ देश बचाऊ’ भनेरमात्र नहुने बताउँछन् । राजा आएर देशलाई कसरी बचाउने, त्यो कुरा कसैले नभनेको बताउँदै उनले आन्दोलनको औचित्य नै पुष्टि नभएका कारण यसको गन्तव्य र लक्ष्य पनि नभएको प्रस्ट पारे । ‘सरकारले भ्रष्टाचार ग-यो, विकास गर्न सकेन, जनताको आकांक्षा पुरा गर्न सकेन भन्छन् राजवादीहरुले,’ उनले भने, ‘तर राजाले भ्रष्टाचार हुन यसरी दिँदैन, यसरी विकास गर्छन्, जनताको चाहना यसरी पूरा हुन्छ भनेर कसैले ठोस आधारसहित भन्न सकेका छैनन् ।’

उनले गणतन्त्र र संघीयताको जन्म नै मधेसबाट भएको जिकिर गर्दै भने, ‘जसले जन्मायो उसैले फाल्ने कुरा हुन सक्दैन ।’ उनले तत्कालका लागि जनतामा आक्रोश, असन्तुष्टि भए पनि त्यो विस्तारै आफै शान्त हुने बताए । तर यो आक्रोशलाई नजरअन्दाज गर्न नहुने उनको भनाइ छ । ‘आफैले जन्माएको सन्तानमाथि अभिभावक कहिलेकाहीँ रिसाउँछन्, गाली गर्छन्, हप्काउँछन्,’ उनले भने, ‘त्यसबाट सन्तानले सुध्रिने मौका पाउँछन्, अहिले जनतामा देखिएको आक्रोस पनि यो सरकार सुध्रियोस् भनेर नै हो ।’ सरकार सुध्रिएन या जनआक्रोसलाई ध्यान दिएन भने यसले गणतन्त्रको विकल्प पनि खोज्न सक्ने उनको धारणा छ ।

सिरहाकै अर्का शिक्षक कपिलदेव यादवले पनि सडकमा लगाइएका नारालाई वर्तमान सत्ताप्रतिको आक्रोशका रुपमा लिनुपर्ने बताए । सडकमा विभिन्न स्वार्थी समूह पनि रहेको उनको बुझाइ छ । ‘कतिपय व्यक्ति एक लिटर पेट्रोलका लागि पनि आन्दोलनमा गएका छन् भने कतिपय व्यक्ति एकछाक खानका लागि आन्दोलनमा गएका छन्,’ उनले भने, ‘यो आन्दोलन स्वतस्फूर्त होइन ।’

विगतमा गणतन्त्र, संघीयताका लागि मधेसमा जसरी स्वतस्फूर्त आन्दोलन भयो, त्यो रुपमा अहिलेको आन्दोलन नभएको उनले बताए । ‘यो आन्दोलनमा सहभागी गराउन घरघरबाट मान्छे बोलाएर लग्छन्, यो देखावटी आन्दोलन हो यो सफल हुँदैन तर यसलाई नजरअन्दाज ग-यो भने यसले अर्को रुप पनि लिनसक्छ ।’

उनी ‘राजा आऊ देश बचाऊ’ भनेरमात्र नहुने बताउँछन् । राजा आएर देशलाई कसरी बचाउने, त्यो कुरा कसैले नभनेको बताउँदै उनले आन्दोलनको औचित्य नै पुष्टि नभएका कारण यसको गन्तव्य र लक्ष्य पनि नभएको प्रस्ट पारे । ‘सरकारले भ्रष्टाचार ग-यो, विकास गर्न सकेन, जनताको आकांक्षा पुरा गर्न सकेन भन्छन् राजवादीहरुले,’ उनले भने, ‘तर राजाले भ्रष्टाचार हुन यसरी दिँदैन, यसरी विकास गर्छन्, जनताको चाहना यसरी पूरा हुन्छ भनेर कसैले ठोस आधारसहित भन्न सकेका छैनन् ।’

देशमा राजनीतिक हिसाबले परिवर्तन भए पनि समान्तवादको अन्त्य नभएका कारण देशमा यस्तो अवस्था सिर्जना भएको उनको गुनासो छ । स्थानीय तहको भ्रष्टाचारले जुन उचाइ लिएको छ, त्यसले सिधै संघीयता र गणतन्त्रलाई गिज्याइरहेको उनले बताए । संघीयता र गणतन्त्र ल्याउन बलिदानी दिएकाहरुले पनि आजको अवस्था देखेर अपसोच गरिरहेको उनको टिप्पणी थियो ।

सामाजिक अभियन्ता रामसुफल पासवान देशमा संघीयता ल्याउनका लागि थुप्रै मधेसी युवाको रगत र पसिना बगेको जिकिर गर्दै गणतन्त्र त्यति सजिलै कसैले मास्न नसक्ने बताउँछन् । ‘केही बहुरुपियाको लहैलहैमा लागेर सकडमा छिटफुट युवा देखिएका छन्,’ उनले भने, ‘केही युवाहरु सडकमा अवश्य देखिएका छन् तर तिनलाई विभिन्न प्रलोभन दिएर लगिएको हो, यो आन्दोलन प्रायोजित हो, यो त्यतिकै समाप्त हुन्छ, यसमा कुनै दम छैन ।’

गणतन्त्र व्यवस्थित हुन नसकी केही समस्याहरु देखा परेको उनले बताए । युवाहरुले गणतन्त्रलाई कसरी बलियो बनाउने, त्यसलाई संस्थागत कसरी गर्ने भन्नेबारे आन्दोलन गर्नुपर्ने उनको भनाइ छ । अहिले एउटा परिस्थितिको फाइदा उठाएर गणतन्त्रको विरुद्ध आन्दोलन भइरहेको हुनाले त्यसलाई मधेसी जनताले कदापि समर्थन नजनाउने उनले प्रस्ट पारे ।

राजा आऊ, देश बचाऊको नाराले मात्र देशमा राजतन्त्र नफर्कने उनको दावी छ । ‘गणतन्त्र आएको दिनदेखि नै यो नारा लागेको थियो,’ उनले भने, ‘मरेको व्यक्ति कहिल्यै जिउँदो भएको छैन, त्यसरी नै राजसंस्था मरिसकेको छ, अब सडकमा जति नै नारा लगाए पनि त्यो फर्किने होइन ।’

गणतन्त्र व्यवस्थित हुन नसकी केही समस्याहरु देखा परेको उनले बताए । युवाहरुले गणतन्त्रलाई कसरी बलियो बनाउने, त्यसलाई संस्थागत कसरी गर्ने भन्नेबारे आन्दोलन गर्नुपर्ने उनको भनाइ छ । अहिले एउटा परिस्थितिको फाइदा उठाएर गणतन्त्रको विरुद्ध आन्दोलन भइरहेको हुनाले त्यसलाई मधेसी जनताले कदापि समर्थन नजनाउने उनले प्रस्ट पारे ।

उनका अनुसार देशमा संघीय गणतन्त्र आएपछि मधेसी जनताले खुला महसुस गरेका छन्, आफ्नो कुरा राख्न पाएका छन्, गुलामी गर्न छाडेका छन्, दासत्व त्यागेका छन् । राजनीतिक संस्कार नभएका केही व्यक्तिबाट गणतन्त्र बदनाम भएको उनको भनाइ छ । केही भ्रष्टका कारण पनि जनतामा आक्रोस बढेको उनले बताए । ‘त्यस्ता भ्रष्ट हिजो राजतन्त्रमा पनि थिए र अहिले पनि छन्, बरु त्यो प्रवृत्तिलाई कसरी फाल्ने हो भन्नेबारे पो युवाले सोच्नुपर्छ,’ उनले भने, ‘गणतन्त्र फालेर राजतन्त्र ल्याउने कुरा सूर्य पश्चिम दिशाबाट उदाउँछ भन्नुजस्तै हो ।’

एक पटक पढ्नुहोस