After header

काँग्रेस १४ औं महाधिवेशन : पौडेलका दुई विकल्पमा देउवाको जवाफ

काठमाडौं । नेपाली काँग्रेसमा निर्धारित (भदौँ ७ -१० ) मितिभित्र पार्टीको १४ औं महाधिवेशन कसरी सम्पन्न गर्ने भन्नेबारे औपचारिक बहस प्रवेश भएको छ । नेपाल प्रेस युनियनको ३१ औं स्थापना दिवसमा आयोजित भर्चुअल कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले विषम परिस्थितिमा महाधिवेशनका लागि दुई विकल्प अगाडि सारेका हुन् ।

उनले भने, ‘अहिलेसम्म जे जति क्रियाशील सदस्यता टुंगिएको छ । त्यही बाट महाधिवेशन गयौं । केन्द्रीय समितिको चुनाव गर्नै पर्छ । सम्पूर्ण काम सकेर अधिवेशन गर्न सकिएन भने एक वर्षका लागि केन्द्रीय समितिको चुनाव गर्ने सक्ने विकल्प छ । १३ औं महाधिवेशनका प्रतिनिधि खडा छन् ।’

कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, संविधानको रक्षा र वैधानिक संकटबाट जोगाउन महाधिवेशन गर्ने दायित्व र जिम्मेवारी काँग्रेसको भएको पौडेलको भनाइ थियो । कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, संविधानको रक्षा र वैधानिक संकटबाट जोगाउन महाधिवेशन गर्ने दायित्व र जिम्मेवारी काँग्रेसको भएको पौडेलको भनाइ थियो ।

पौडेलले कार्यतालिका अनुसार काम गर्न नसक्दा अन्तिम समयमा महाधिवेशन गर्न नसकेर पार्टीको अस्तित्व समाप्त हुने अवस्थामा पुगेको पार्टी जोगाउनुपर्ने दायित्व पनि कांग्रेस नेता कार्यकर्ताको काँधमा परेको बताए।

पौडेलको प्रस्तावको जवाफ दिँदै देउवाले आफू सबै विकल्पमा जान तयार रहेको भन्दै बसेर छलफल गर्नुपर्ने बताए । कोरोना महामारीबाट जनतालाई मुक्त गर्ने, प्रतिनिधि सभा विघटन भएकोले पुनर्स्थापनाका लागि आवश्यक कदम अगाडि बढाउने र कोरोना कहरबीच नै महाधिवेशन गर्ने दायित्व र जिम्मेवारी रहेको वरिष्ठ नेता पौडेल बताउँछन्।

‘म समयमै महाधिवेशन गर्न तयार छु । पुराना प्रतिनिधिबाट महाधिवेशन गर्दा नयाँ रिसाउँछन् । विकल्पबारे हामी बसेर कसरी हुन्छ छलफल गरौं,’ देउवाले भने ।

यस्तै नेता पौडेलले पार्टी नेतृत्वले महाधिवेशन गराउन नचाहेको आसय प्रकट गरेकोमा पनि देउवाले जवाफ दिएका छन् । ‘महाधिवेशन गर्ने पक्षमा म पनि छु। कसरी गर्ने तपाईंहरू भन्नुस् न। कोभिड आइदियो त के गर्ने ? यस्तो बेला भेला गरेर मानिस मर्न सक्छन् । कसरी महाधिवेशन गर्ने सरसल्लाह गरौं। म तयार नै छु,’ देउवाको भनाइ थियो ।

एक पटक पढ्नुहोस