पीसीआर घटेको होइन, परिक्षण गर्न नआएको हो: प्रवक्ता डा. कृष्ण प्रसाद पौडेल

गएको हप्तादेखि हिजो(बुधबार) सम्मको पिसिआर परिक्षण हुने दर घट्न थालेपछि सबैतिर यसबारे चासो हुन थालेको छ । बुधबार मात्र १६ हजार ८७८ वटा स्वाव नमुना परिक्षण गर्दा ५ हजार ३१६ जनामा संक्रमण रहेको पुष्टि भएको छ । यो परिक्षणमा गएको नमुनाहरूको ३१.४९ प्रतिशत हो । यस्तै मृत्युको संख्या १०० जनाभन्दा माथि छ ।

यसरी परिक्षण गर्ने दर घट्न थालेपछि संक्रमणको जोखिममा नै निषेधाज्ञा हटाउने रणनीति लिएको हो कि भनेर शंका गर्न थालिएको छ । यसै विषयमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता एवं इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका प्रमुख डा. कृष्ण प्रसाद पौडेललाई हामीले पीसीआर परिक्षण किन घटेको भनि सोधेका छौँ ।

डा. पौडेलले संक्रमणका लक्षण भएका व्यक्ति परिक्षण गर्न नआएको अथवा निषेधाज्ञाको कारण परिक्षण केन्द्रसम्म जान नसकेको मुख्य कारण हुनसक्ने बताए । सरकारले पीसीआर परिक्षण घटाउने नभइ बढाएको साथै एन्टिजेन परिक्षण पनि ७७ वटा जिल्लामा पुगिसकेको बताए । प्रस्तुत छ प्रवक्ता डा. पौडेलसँगको भिडियो कुराकानी ।

एक पटक पढ्नुहोस