After header

कुन्ती मोक्तानको जीवन : सङ्गीत सिक्दासिक्दै प्रेम बस्यो

कुन्ती मोक्तान प्रसिद्ध गायिका हुन् । नेपाली साङ्गीतिक क्षेत्रमा कुन्ती मोक्तानबाट परिचित उनको वास्तविक नाम कुन्ती सुन्दास हो । नेपाली लोक शैलीलाई आधार बनाएर आधुनिक गीत गाउने मोक्तानका ‘माथि माथि शैलुङ्गेमा’, ‘खुट्टा तान्दै गर’, ‘निष्ठुरी मायालु’, ‘इलामे सहर’, ‘खुट्टा तान्दै गर’, ‘गोठालो जाँदा’, ‘रुँदै छु गैरी खेतमा’ लगायत गीत बहुचर्चित छन् । सङ्गीतकार शिलाबहादुर मोक्तानसँग प्रेम विवाह गरेकी कुन्तीको जन्म भारतको दार्जिलिङमा भएको थियो । सन् १९८० पहिलो पटक नेपाल आएकी उनी १९८३ पछि भने नेपालमै स्थायी रूपमा बसोवास गर्दै आएकी छन् ।

गायनबाट थुप्रै सम्मान र पुरस्कारसमेत जित्न सफल उनी सङ्गीतको गुरु पनि हुन् । विगत तीन दशकभन्दा लामो समयदेखि उनी सङ्गीत सिकाउँदै आएकी छन् । यिनै गायिका कुन्ती मोक्तानको जीवनका विभिन्न पाटा रातोपाटीको मेरो जीवन स्तम्भमा उनकै शब्दमा ।

एक पटक पढ्नुहोस