काठमाडौं । नेपाली काँग्रेसको आसन्न महाधिवेशनमा सभापति शेरबहादुर देउवाले आफ्नो समूहको मात्रै भोटबाट सभापतिमा चुनाव नजित्ने अर्का प्रत्यासी उपसभापति विमलेन्द्र निधिले दाबी गरेका छन् ।
सभापतिको उम्मेद्वारी घोषणा गरेका निधिले सोमबार बत्तीसपुतलीस्थित अनुपम फुडल्याडमा संस्थापन इत्तर पक्षका ९ जना युवा नेतासँग आफूलाई जिताउन सहयोग मागेका थिए । त्यसक्रममा उनले शेरबहादुर देउवाले एक्लै चुनाव नजित्ने विश्लेषण सुनाएका हुन् ।
