After header

सकियो आलियाको ‘गंगूबाई काठियावाडी’

अभिनेत्री आलिया भट्ट अभिनित फिल्म ‘गंगूबाई काठियावाडी’को छायाँकन सकिएको छ । सञ्जय लीला भन्सालीको निर्देशन रहेको फिल्मको सुटिङ आइतबारबाट सकिएको हो । जसको जानकारी आलियाले सामाजिक सञ्जालमार्फत गराएकी छन् ।

८ डिसेम्बर २०१९ बाट छायाँंकन सुरु भएको फिल्मको छायाँकन कोरोना महामारीका कारण दुई बर्ष लागेको हो । दुई कोरोना भेरियन्ट र दुई प्राकृतिक प्रकोप तुफान र युनिटका सदस्यमा कोरोना प्रकोप फिल्म युनिटले सामना गर्नुपरेको अलियाले बताएकी छन् ।

आलियाले फिल्म अभिनय सिलसिलामा जीवन बदल्ने अनुभव बटुलेको समेत बताएकी छन् । ‘सरको निर्देशनमा काम गर्ने सपना मैले जीवनमा देखेको थिए । यो दुई वर्ष म अनुभवको जुन यात्रामा थिए । मलाई लाग्दैन कि यो कुनै तयार गर्न सकिन्छ’ उनले निर्देशक भन्सालीसँग काम गर्दाको अनुभव बाँड्दै अगाडि लेखेकी छन्–‘म बेग्लै खाल बनेर सेटबाट बाहिर आएकी छु ।’ उनले भन्सालीजस्तो कोही नभएको समेत लेखेकी छन् ।

फिल्ममा आलियासँगै अभिनेता अजय देवगनको पनि महत्वपूर्ण भूमिका छ । भन्साली र देवगनले करीब २२ वर्षपछि एकसाथ काम गरेका हुन् । ‘गंगूबाई काठियावाडी’को कहानी कामाठीपुरामा एक वेश्यालय चलाउने गंगूबाई कोठेवालीको जीवनमा आधारित छ ।

एक पटक पढ्नुहोस