After header

तास खेलिरहेका ११ जना ७ लाख ४५ हजार नगदसहित पक्राउ

झापा जिल्लाको दमक नगरपालिका ८ बाट तास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

मंगलबार साँझ ७ बजे दमकस्थित थिरराज खतिवडाको घरमा तास खेलिरहेका ११ जनालाई ७ लाख ४५ हजार ५ सय नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता डिएसपी राकेश थापाले जानकारी दिए ।

पक्राउ परेका ११ जनालाई प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

एक पटक पढ्नुहोस