विर्तामोडमा अनिश्चितकालिन कर्फ्यु, स्थानीयबाट कर्फ्युको अवज्ञा

झापा– बालक हत्याको विषयमा स्थानीय र प्रहरीबीच झडप भएपछि तनावग्रस्त भएको झापाको विर्तामोडमा स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको छ ।

शुक्रबार दिउँसो साढे १ बजेबाट प्रशासनले कर्फ्यु लगाएको हो । तर, आक्रोशित सर्वसाधारणले कर्फ्युको अवज्ञा गर्दै प्रदर्शन जारी राखेका छन् । आक्रोशित स्थानीयले इलाका प्रहरी कार्यलय नजिकै रहेका दर्जनौ सवारी साधन आगजनी समेत गरेका छन् ।

स्थानीय प्रशासनले पुर्वमा वसपार्क, पश्चिममा चारपने, उत्तरमा माहानन्द चोक र दक्षिणमा विर्ताबजारसम्म कर्फ्यु आदेश जारी गरेको जिल्ला प्रहरी कार्यलयका प्रमुख एसपी विष्णुकुमार केसीले रातोपाटीलाई जानकारी दिए । उनका अनुसार कर्फ्यु अनिश्चितकालका लागि लगाइएको हो ।

बालक हत्याको विरोधमा स्थानीय बासिन्दाले निकालेको र्यालीमा प्रहरीले दमन गरेपछि विर्तामोडको स्थिति आज बिहानैबाट तनावग्रस्त बनेको हो ।

 

प्रहरीले गल्ली गल्ली पसेर सर्वसाधारणलाई कुटपिट गर्नुका साथै अपशब्द बोलेको स्थानीयले बताएका छन् ।

दशैंको टीकाको दिन बेपत्ता भएका अर्जुनधारा ११ का ११ बर्षीय लक्ष्मण शिवाकोटीको शब त्यसको भोलिपल्ट अर्जुनधारा ५ को धानबारीमा फेला परेको थियो । बिर्तामोड ५ का सुरेश पोखरेल लगायतले हत्या गरेको भन्दै मृतकका काका बिष्णुप्रसाद शिवाकोटीले पोखरेल परिवारका आठ जनाविरुद्ध कर्तव्य ज्यान मुद्दामा किटानी जाहेरी दिएका थिए

रातो पाटि बाट साभार

एक पटक पढ्नुहोस