‘स्टेज शो’ मा मानिसहरु गलत तरिकाले छुने गर्थे : भारती सिंह

कमेडियन भारती सिंहले दर्शकलाई मनोरञ्जन दिनबाट कहिल्यै पछि हट्दिनन् । उनले मनीष पालको ‘च्याट शो’मा आफ्नो व्यक्तिगत जीवनको बारेमा बताएकी छन् । उनले करियरको सुरुवाती दिनहरुका बारेमा खुलेर बताइन् । ‘लाफ्टर क्वीन’ भारती सिंहले मनीषको शोमा उनले सुरुवाती दिनहरुमा स्टेजमा शो गर्दा मानिसहरुले गलत तरिकाले छुने गरेको बताइन् ।

भारती सिंहले सुरुवाती दिनहरुमा आफ्नी आमालाई साथमा लिएर जाने गर्थिन् । उनी सुरुका दिनहरुमा मानिसले उनलाई कुन तरिकाले छुन्छन् ? कस्तो व्यवहार गर्छन् ? भन्ने कुराको सही पहिचान नभएको बताइन् । उनले भनिन्, ‘मेरी आमा मसँग एकसाथ शोमा जाने गथ्र्यौँ । म आमासँग साथमा यात्रा गर्ने गर्थेँ । मानिसहरु मेरी आमालाई आश्वासन दिने गर्थे । मलाई आधुनिक चिजहरुको बारेमा जानकारी नै थिएन । कसैले मेरो कम्मरमा हात राख्यो । तर मलाई थाहा थिएन कि युवतीहरुलाई यस्तो तरिकाले छुनु नराम्रो मानिन्छ ।’

भारतीले धेरै पटक स्टेज शोमा पनि मलाई मानिसहरुले गलत तरिकाले छुने गर्थे । उनले अंकल जस्तो उमेरका मानिसहरुले उनलाई छुँदा त्यसको अर्थ नराम्रो हो भन्ने नबुझेको खुलाइन् । तर, उनले अहिले त्यस्ता व्यवहार गलत थियो भन्ने बुझेको बताइन् ।

एक पटक पढ्नुहोस