After header

कलाकार पल्पसालाई लोक गायक कृष्ण कँडेलको सहयोग

दुवै मृगौलामा गम्भिर समस्या देखिएको कारण केही सातादेखि महाराजगञ्जस्थित टिचिङ अस्पतालमा उपचारत कलाकार पल्पसा डंगोल ‘चम्सुर’लाई लोक गायक कृष्ण कँडेलले आर्थिक सहयोग गरेका छन् । गायक कडेलले अस्पतालै पुगेर ७० हजार नगद सहयोग गरेका हुन् ।

कडेलले आफ्नो टेलिभिजन कार्यक्रम इन्द्रेणीको तर्फबाट उक्त सहयोग गरेका हुन् । सोही अवसरमा राष्ट्रिय संगीतकर्मी संघका महासचिव विक्रमजंग शाहले पनि आफ्नो ब्यक्तिगत तर्फबाट १० हजार सहयोग गरेका छन् । आफुले सहयोग गर्दै गायक कँडेलले कलाकार डंगोलको सहयोगमा अपिल समेत गरेका छन् ।

विगत ५ बर्षदेखि मृगौलामा समस्यासँग जुध्दै आएकी डंगोलको दुबै मृगौला प्रत्यारोपण गर्नु पर्ने चिकित्सकहरुले बताएका छन् ।

टेलिसिरियल ‘मेरी बास्सै’मा चम्सुरीको भूमिका निर्वाह गरेर चर्चित डंगोलले थुप्रै सिरियल, म्युजिक भिडियो अभिनय गर्नुको अलवा निर्देशन समेत गरेकी छन् ।

एक पटक पढ्नुहोस