काँग्रेस केन्द्रीय सदस्य एपी साउदले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै अदालतमा आन्दोलनरत पक्षले वर्तमान समस्या समाधानका लागि दलहरूलाई गुहारे पनि दलहरु बोल्न आवश्यक नरहेको बताएका छन् । उनले अदालतको समस्या अदालतभित्रबाटै समाधान हुनुपर्ने आफूहरुको धारणा रहेको बताए ।
आइतबार सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको केन्द्रीय समितिको बैठकपछि बोल्दै नेता साउदले आजको बैठकमा अदालतको विषयमा कुनै छलफल नभएको पनि बताए ।
यद्यपि उनले अहिले अदालतप्रति जनविश्वास घटेको भन्दै यसतर्फ सबै पक्ष गम्भीर हुनुपर्ने धारणा राखे ।
‘आन्दोलनकारीले दलहरू गुहारे पनि त्यसमा दलहरू बोल्नु आवश्यक छैन’, त्यहीँभित्रै मल्नुपर्छ ।’ महाधिवेशन समयमा हुन्छ त भन्ने प्रश्नमा उनले त्यसमा शंका गर्न जरुरी नरहेको बताए । अझैपनि पार्टीभित्र केही साथीहरू असन्तुष्ट भएपनि उनीहरूको माग सम्बोधन गर्न पार्टीले प्रयास गरिरहेको सायदले बताए ।
