After header

माइक्रोसफ्ट कम्पनीका सिइओका छोरा जेन नडेलाको मस्तिष्क पक्षघातबाट निधन

अमेरिकाको विश्वप्रसिद्ध कम्पनि माईक्रोसफ्ट कम्पनीका सिईओ सत्य नडेलाका छोरा जेन नडेलाको निधन भएको छ ।

जन्म देखि नै मस्तिष्क पक्षघातबाट पीडित जेन नडेलाको २६ वर्षको उमेरमा २८ फेब्रुअरीमा उनकै घरमा निधन भएको हो जुन खबरले सबैलाई अचम्मित बनाएको छ ।

जेनलाई जन्म देखि नै मस्तिष्क पक्षघात भन्ने जटिल किसिमको अपांगता थियो जुन समस्या यति जटिल हुन्छ कि उमेरको वृद्धि हुदै जाँदा शारीरिक समस्या बढ्दै जाने हुन्छ । यो जटिल प्रकारको बच्चाको मस्तिष्कलाई असर गर्ने गर्छ जसको कारण चालचलन सामान्य तरिकाले हुन सक्दैन ।

के हो त मस्तिष्क पक्षघात ?
मस्तिष्क पक्षघात मस्तिष्क र मांशपेसीसंग जोडिएको न्युरोलोजिकल डिसअर्डर हो । यो मस्तिष्कको मांशपेसी लाई नियन्त्रण गर्ने भागमा असर पुगेको कारणले गर्दा हुन्छ । मस्तिष्क पक्षघात सरुवा पनि हुदैन र सुधारात्मक पनि हुदैन । यो समस्या अनेक कारणले हुनसक्छ तरपनि प्रमुख कारणमा गर्भावस्थामा, जन्मँदै गर्दा र जन्मेको लगभग पाँच बर्षभित्र मस्तिष्कमा अक्सिजनको मात्रामा कमि हुनु, सहि प्रकारले रक्त प्रवाह नहुनु, कुनै प्रकारले आन्तरिक चोट लाग्नु, कुनै इन्फेक्सन हुनु आदि हुन्छन । मस्तिष्क पक्षघात भएकाहरुमा समयमा नै उपचार भएमा उनीहरुको बिकासमा मद्धत मिल्न सक्छ तथापि पुरा रुपले अवस्था सामान्य जस्तै नहुन सक्छ । मस्तिष्क पक्षघातको उपचारमा फिजियोथेरापी, अकुपेश्नल थेरापी, स्पीच थेरापी, बिह्याबियर थेरापी, बिशेष शिक्षा एबं पुनर्स्थापना लगायतका पद्दति को प्रयोग हुने गर्दछ ।
एक अनुसन्धानका अनुसार प्रत्येक हजार जीवित जन्ममध्ये तिन जनामा मस्तिष्क पक्षघात हुनसक्ने र यस्तो जनसंख्या बिश्वभर साढे सात लाख भन्दा बढी रहेको अनुमान छ ।

नेपालमा यसको कुनै तथ्यांक नरहेपनि विकासोन्मुख देशको तथ्यांकको आधारमा साठी हजार भन्दा बढि बालबालिका तथा ब्यक्तिमा मस्तिष्क पक्षघात भएको अनुमान छ साथै उपयुक्त उपचार, हेरविचार तथा पहुँचताको अभावमा उनीहरुको अवस्था धेरै दयनीय रहेको छ ।

एक पटक पढ्नुहोस