After header

नेपाल र साउदी अरबबीच सहयोग सम्झौता पत्रमा हस्ताक्षर

काठमाडौँ नेपाल र साउदी अरबबीच पारस्परिक सहयोग अभिवृद्धि गर्ने सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

मंगलबार सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको नेपाल र साउदी अरब परराष्ट्रमन्त्री स्तरीय बैठकमा उक्त सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

सम्झौता पत्रमा नेपालको तर्फबाट परराष्ट्रमन्त्री डानारायण खड्का र साउदी अरबका तर्फबाट साउदी विदेशीमन्त्री फैजल बिन फरहान अल साउदले हस्ताक्षर गरेका छन् ।

साउदी अरबका विदेशमन्त्री तथा साउदी राजकुमार फैजल दुई दिने नेपाल भ्रमणका लागि सोमबार काठमाडौँ आएका थिए।

एक पटक पढ्नुहोस