After header

बाढीपीडितद्धारा आजदेखि मेलम्ची खानेपानी आयोजना ठप्प गराउने

सिन्धुपाल्चोक – मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित सरोकार समन्वय समितिले खानेपानी आयोजना नै ठप्प गराउने भएका छन् ।

मेलम्ची खानेपानी आयोजना प्रभावित तथा बाढीपीडित समन्वय समितिका संयोजक अर्थात ह्योल्मो सिन्धु मेलम्ची उपत्यका सामाजिक उत्थान कार्यक्रम सञ्चालन समितिका अध्यक्ष उपेन्द्र तामाङले मानवीय साधनहरूको क्षति भएको भन्दै समस्या समाधान हुन नसक्नु दुःखद रहेको बताउदै चैत्र १ मंलबारबाट ठप्पै गराउने निर्णय गरेको बताए ।

हेलम्बु बाढीपिडित सरोकार समन्वय समितिका उपाध्यक्ष अर्जुन भण्डारीका अनुसार ‘लामो समयदेखि सरोकारवाला निकायको पटकपटक ध्यानाकर्षण गराएपनि कुनै निकायले वास्ता नगरेकोजति ज्ञापन पत्र बुझाउदै आए पनि बाढीबाट प्रभावित क्षेत्रको समस्या समाधान नभएकोबाढी गएको ९ महिना बितिसक्दा पनि राज्यको ध्यान नपुगेकोराज्यको ध्यान नपुगेसम्म सबै काम बन्द गर्ने निष्कर्ष छ ।

कार्यक्रममा सांसद शेरबहादुर तामाङनेकपा एमालेका पुर्व अध्यक्ष हस्त पण्डितनेकपा एमालेको बाग्मती प्रदेशको सदस्य बालकूष्ण देउजामेलम्ची नगरपालिकाका मेयर डम्बर अर्यालवडाध्यक्ष लगाएतका जनप्रतिनिधिहरुको उपस्थितमा सो निर्णय भएको नेकपा एमालेको बाग्मती प्रदेशको सदस्य बालकृष्ण देउजाले बताए ।

यसअघि पनि समितिले विभिन्न माग अगाडि सादै चैत १ गतेसम्म पनि नेपाल सरकार र मेलम्ची खानेपानी आयोजनाले आफूहरूको मागलाई सम्बोधन नगरे आयोजना बन्द गराउन बाध्य हुने चेतावनी दिएको थियो ।

एक पटक पढ्नुहोस