After header

‘१२ वटै स्थानीय तह जित्छौं’– काँग्रेस युवा नेता तिमल्सिना

नेपाली काँग्रेसका युवा नेता सुवास तिमल्सिनाले आगामी स्थानीय तहको निर्वाचनमा बलेफी गाउँपालिकासहित सिन्धुपाल्चोकका १२ वटै स्थानीय तहमा काँग्रेस बिजयी हुने बताउनु भएको छ ।

बिहिबार सिन्धुपाल्चोकको नेपाली काँग्रेस बलेफी गाउँपालिका–८ इकाई समितिद्धारा आयोजित होली बिशेष बनभोज तथा अन्र्तक्रिया कार्यक्रमलाई सम्बोधन गर्दे इकाई सभापति समेत रहेका तिमल्सिनाले काँग्रेसलाई जिताउन घर-घरमा काँग्रेस जान लागेको जानकारी दिनु भयो ।

जनताको घर-घरमा पुगेर काँग्रेसले गरेका काम बुझाउने, कम्युनिष्टहरुले गरेका गलत काम जनतालाई बताउने र एमसीसी देशहितमा रहेको कुरा बुझाउन आफूहरु जनताको घरदैलोमा पुग्न लागेको नेता तिमल्सिनाले बताउनु भएको छ । यस्तै नेपाली काँग्रेस बलेफी गाउँपालिका सभापति रामकुमार तामाङले जनताले काँग्रेसलाई तीनै तहको निर्वाचनबाट पहिलो पार्टी बनाउने बिश्वास ब्यक्त गर्नुभयो । सबै काँग्रेसीहरु आ-आफ्नो ठाउँबाट खटेमा काँग्रेस सबै चुनावमा बिजयी हुनेमा दाबी गर्नुभयो ।

प्रदेश सभा ‘ख’ का सहसचिव रमेशकुमार श्रेष्ठले बलेफी गाउँपालिकामा अध्यक्ष, उपाध्यक्ष, वडा अध्यक्ष र अन्य जनप्रतिनिधिहरुमा जसले टिकट पाएपनि काँग्रेसीहरु जिताउन लाग्नु पर्नेमा आग्रह गर्नु भयो । ‘अहिले टिकट कसले पाउँछ भन्ने कुरा भन्दा पनि जनताको दुख सुखमा साथ दिनु पर्नेमा काँग्रेस युवा नेता श्रेष्ठले आकाँक्षीहरुलाई सुझाव दिनु भयो’ ।

नेकाँ बलेफी गापा–७ का सभापति निरकुमार तामाङ ‘फापुङ’ले स्थानीय तहको निर्वाचनमा टिकटको आकाँक्षीहरु तत्कालदेखि नै गाम्रीण जनताका घरदैलोमा पुगेर उनीहरुको पक्षमा काम गर्न आग्रह गर्नुभयो । बलेफी गापा–६ का सभापति रामचन्द्र थापाले बलेफी गाउँपालिकाका सबै तहका निर्वाचनमा बिजयी हाँसिल गर्न काँग्रेसीहरु एकजुट हुनुको बिकल्प नभएको प्रति सचेत गर्नु भएको छ ।

काँग्रेस युवा नेता लालकाजी तामाङले गाउँ-गाउँका जनताका प्रत्येक बिकासे काम, अभाव, पीडामा काँग्रेसले साथ दिदैं आएको बताउनु भयो । सोही कारण आगामी चुनावमा जनताले पनि काँग्रेसलाई भोट हालेर जिताउनेमा तामाङले बिश्वास ब्यक्त गर्नु भएको छ ।

काँग्रेस पूर्व जिल्ला कार्यसमिति सदस्य लामोसाँघु साकोसका ब्यबस्थापक रबिन बिक, पूर्व जिल्ला कार्यसमिति सदस्य कृष्णप्रसाद पराजुली, काँग्रेस नेता तथा पण्डित डेकनाथ ढकाल, नागरिक अगुवा राजु श्रेष्ठ लगायतले सबै चुनावमा काँग्रेसलाई संधै बिजयी गराउन काँग्रेस नेता, कार्यकर्ता सबै जनताका सबैखाले पक्षमा निरन्तर लाग्नु पर्नेमा जोड दिएका छन् । उक्त कार्यक्रमको संचालन नेकाँ बलेकी गा.पा. ८ का इकाई सचिव नारायण कार्कीले गर्नुभएको थियो । सयौँ काँग्रेसीजनहरुले सोही कार्यक्रममा होली खेल्दै अन्र्तक्रियामा सहभागी भएर बनभोज ग्रहण गरेका थिए ।

एक पटक पढ्नुहोस