After header

पोखरा यातायात कार्यालयका तत्कालीन निमित्त प्रमुखसहित ९ जनाविरुद्ध मुद्दा दायर

काठमाडौँ पोखरास्थित यातायात व्यवस्था कार्यालयका तत्कालीन निमित्त कार्यालय प्रमुखसहित ९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायातका कार्यालय प्रमुख गोकुल शर्मा पौडेलसहित ९ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो ।

अख्तियारले तत्कालीन शाखा अधिकृत हरिप्रसाद गौतमभरतराज काफ्लेप्रेमप्रसाद श्रेष्ठडिल्लीराम बरालकम्प्युटर अधिकृत होमनाथ शर्माकम्प्युटर अपरेटर झलक पौडेलकम्प्युटर अपरेटर मोहनमणि सुवेदी र अधिकृतस्तरका भरतमणि बराल छन् ।

उनीहरूले सवारी चालक अनुमतिपत्रको परीक्षामा अनुत्तीर्ण भएकालाई उत्तीर्ण गराई भ्रष्टाचार गरेको अख्तियारले आरोप लगाएको छ ।

२०७५ सालको मंसिर२०७६ सालको कार्तिक र मंसिरमा सञ्चालन गरिएको सवारी चालक अनुमतिपत्रको परीक्षामा उनीहरूले अनुत्तीर्णहरूलाई उत्तीर्ण गराएको आरोप छ ।

एक पटक पढ्नुहोस